2024-10-11

Close

वीरगंज, १८ माघ ।
वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको समर्थनमा नागरिक समाजले वृहत रैली निकालि एकबद्धता जनाएको छ।
वीरगन्ज महानगरपालिकाको मेयर सिंहले महानगरमा बिकासमा ठुलो परिवर्तन गरेको हुनाले ३२वटा वडाका नगरबासिले समर्थनमा रातो बंगालाबाट बिशाल जुलुस निकाली महानगरको गहवा,आर्दशनगर चौक र विर्ता हुँदै महानगर परिक्रमा गरि घण्टाघरमा कोण सभामा परिणत भएको थियो।
मेयर सिंहको समर्थनमा निकालिएको र्यालीमा दलाल, भूमाफिया, विकास विरोधी होशियार, वैभवशाली वीरगंज हाम्रो साझा सरोकार नारा लेखिएको ब्यानरसहित वीरगंजको वृहत्तर विकासको लागि निर्वाचित सशक्त नेतृत्वलाई नागरिक समाजको ऐक्यबद्धता जनाएको हो ।
र्यालीमा सहभागीहरुले वीरगंजको शान, मेयर राजेशमान, चरित्र हत्या गर्न पाइदैन, वीरगंजवासीको एउटै पुकार, अझै २० वर्ष राजेशमानको सरकार नारा लेखिएको प्लेकार्ड बोकेर नगर परिक्रमा गरिएको थियो ।
विगत केही दिन देखि मेयर सिंहलाई राजनैतिक रिसइबि साध्नको लागि समाजिक संजाल मार्फत विभिन्न किसिमको टीका टिप्पणीहरु बिकास विरोधी गर्दै आएको र विपक्षले झुठो नागरिकता मुद्दा झुठो हुनाले उनीहरू विरोध नगरबासीले प्रदर्शन गरेका थिए ।
वीरगन्ज महानगरपालिका वडा नम्बर ३ वडा अध्यक्ष बैजु स्वार्णकारले वीरगन्जको विरोधीहरु आउछन त्यसको विरोधमा महानगरबासिहरु उठेर आउछन यो जुलुस सभाले प्रमाणित गरेको बताउनुभयो।
स्वर्णकारले केहि समूहले वीरगन्जको बिकास हेरेरे पागल भएका छन भन्ने महानगरको जग्गा हडपेर बसेका भू- माफियाहरुले आज देखि १० दिन पहिला बिकासप्रेमी मेयर राजेशमान सिंहको विरोधमा अन-आवशयक रुपमा गालिगलोज , अशब्द भाषाहरु प्रयोग गरका र विभिन्न जुलुस निकाल्दै आएको दुष्ट मानिसकता भएका व्यक्तिहरुको विरोधमा यो र्याली निकालिएको देखिन सकिन्छ बताए।
उहाँले बिकास बिरोधीहरुलाई अब महानगरको जनताले तह लगाउने र बिकासको काम सबैजना मिलेर अगाडी बढनुपर्ने बताउनुभयो ।
त्यसैगरि वीरगन्ज ८ का पुर्व वडा राजकिशोर गुप्ताले भू- माफियाहरुले बिकास प्रेमी मेयर सिंहलाई बदनाम गर्ने विभिन्न किसिमको परपगन्डा रचि तनाव टेन्सन दिदै काम गर्ने मान्छेको मनोबल घटाउने काम गर्दे आएका केही गल्त मानिसिकता भएको व्यक्तिहरुको विरोधमा यो र्याली निकालिएको बताउनुभयो।उहाँले अहिलेको मेयर साहेब बिकास प्रेमी हुनुहुन्छ हामीले सहयोग गरि बिकास गर्ने दिनुपर्ने भन्दै
मेयरको समर्थनमा हजारौंको संख्यामा नगरबासिहरुले जुलुस निकालिएको बताए।गुप्ताले मेयरको विरोधमा लागि परेका भु- माफिया , दलाल ठगहरुलाई जनताले तह लगाउने र बिकासको विरोध गर्नेहरुको बिरोधमा रैली निकालिने बताउनुभयो।
पुर्व मेयर बिजय सरावगीले पाँच साल गर्ने नसकेको काम वर्तमान मेयर सिंहले २ बर्ष नबित्दै महानगरको वडा वडा मा तिब्ररुपले बिकासको काम गर्दे आएकोले बिकास बिरोधीहरुले विभिन्न किसिमको परोपोगन्डा गरि बदनाम गर्नेहरुको विरोधमा नागरिक समाजले र्याली र जुलुस निकाली नगर परिक्रमा गरि बिहिवार दिउँसो १२ बजे मेयर सिंहका समर्थकहरू लालबंगलामा भेला भएर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रमा मेयर सिंहविरूद्धको मुद्दा खारेज गरी झुठो मुद्दा दिनेहरूमाथी कारबाहीको माग नागरिक सामजले माग गरिएको हो।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर