2024-04-20

Close

जनकपुरमा तनाव ! प्रहरी विरुद्ध टायर बालेर प्रदर्शन

 

जनकपुरधाम,भदौ १२ गते । जनकपुरस्थित जानकी मन्दिरको उत्तरपट्टी आज स्थानीय र व्यापारीले टायर बालेर प्रदर्शन गरेको छ । प्रहरीले नारिवल बेच्ने व्यापारीलाई कुटेको विरोधमा प्रदर्शन गरिएको हो ।

 

नरिवल बेचेर गुजारा गर्ने १६ वर्षीय रोशन चौधरीलाई जानकी मन्दिर परिसरका पर्यटक प्रहरी जवान प्रेमशंकर यादवले कुटपिट गरेका थिए । पछि उनलाई जानकी चौकी लगेपछि स्थानीय यूवा सुशिल कर्ण त्यहाँ पुगेर किन कुटेको भन्दै प्रहरीलाई प्रश्न गरेपछि उनलाई पनि कुटेका छन् । जसका कारण स्थानीय यूवाहरु र व्यापारी प्रहरीमाथि आक्रोशित बनेर प्रदर्शन गरेका छन् ।

भिडियो हेर्नु !

 

चौधरीसँग प्रहरी जवान यादबले रकम माँगेका थिए । तर मागेजति नदिएपछि उनलाई कुटपिट गरेको बताइएको आरोप पीडितले लगाएको छ । कुटपिट गरेको घटना बुझ्न जाँदा आफूलाई ७÷८ जना प्रहरीले मिलेर कुटपिट गरेको बताए । उनको भेष्ट समेत प्रहरीले च्यातिदिएको छ ।

कुटपिट गर्ने प्रहरीमाथि कारबाही गर्न स्थानीय यूवा र व्यापारीहरु माग गरेका छन् । टायर बालेर प्रदर्शन गर्दा सडक समेत घण्टौंसम्म अवरुद्ध भएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds