2024-05-10

Close

जनकपुरधाम । जनकपुरधामको मुट मानिएको भानुचोकस्थित रहेको चर्चित पजियार भवनका मालिक पैसा लिएर फरार भएको छ ।

पजियार भवनका मालिक रहेका जगनाथ पजियारले एक व्यक्तिको ३० लाख रुपैयाँ लिएर सम्पर्कविहिन भएपछि अदातलमा मुद्दा दायर गरिएको हो ।

धनुषा जिल्ला अदातलले धनुषाको औरही गाउँपालिका वडा नम्बर २ देउरी बस्ने अशोक यादवको जाहेरीले प्रतिवादी भनिएको सबैला नगरपालिका वडा नं. १० तथा हाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ भानुचोक बस्ने जीवछ पजियारका छोरा जगन्नाथ पजियारमाथि बिगो मुद्दा दायर गरिएको हो ।

गत असार ३१ गते जारी गरिएको पक्राउ पूर्जीमा वादी अशोक यादवले दिएको बिगो मुद्दामा जगन्नाथ पजियारलाई पक्राउ गरी अदातलमा हाजिर गराउन उल्लेख गरिएको छ ।

अदालतको पक्राउ पूर्जीमा उनी उपर सोही मुद्दामा एक बर्षको जेल समेत सजाय तोकिएको उल्लेख गरिएको छ ।

धनुषा जिल्ला अदालतले गत जेठ २० गते गरेको निर्णय अनुसार उनलाई एक बर्षको सजाय भनिएको र तत्काल पक्राउ गरी अदालतमा बुझाउन आदेश गरिएको हो ।

जानकारी अनुसार, पजियार यादवसँग ३० लाख रुपैयाँ लिएर सम्पर्कविहिन रहेको छ । भानुचोकमै रहेको पजियार भवन त्यहाँ व्यावसायिक दृष्टिकोणले चर्चित भवन मानिएको छ ।

पजियारको जनकपुरधामस्थित भानु चोकमा पनि ठूलो घर छ । उनी यहीं बस्दै आएका छन् ।

अदालतले प्रहरी समेतलाई पक्राउ गर्न पत्राचार गरेको जानकारी पाएपछि उनी फरार भएका हुन् । प्रहरीले उनको खोजी भइरहेको जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds