2024-04-19

Close

अप्पन डेस्क,सप्तरी । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले चिनी मिलहरुबाट उखुबापतको भुक्तानी नपाएको भन्दै यस प्रदेशका किसान संघीय राजधानीमा आन्दोलनरत रहनुभएको स्थितिलाई हामीले अत्यन्त गम्भीरता एवं संवेदनशीलतापूर्वक नियालिरहेको बताएं ।

मन्त्री साहले शुक्रबार एक वक्तव्य जारी गर्दै संघीय सरकारको जिम्मेवारी र नियन्त्रित व्यवस्थाभित्र रहँदै आएको बिउबिजन, मलखादको उपलब्धता र बिक्रीवितरण प्रणाली तथा कृषिजन्य उत्पादनको मूल्य निर्धारण तथा भुक्तानीजस्ता आधारभूत कार्य व्यवस्थित, वैज्ञानिक र किसान हितकारी नहुँदा पहिल्यैदेखि लगानीअनुरुपको प्रतिफल प्राप्त नहुने मर्कामा परेका किसानहरुलाई सधैंभरि आफ्नो उत्पादनको रकम प्राप्त गर्न चिसो सिरेटोमा आन्दोलन गर्नुपर्ने बाध्यता रहेको उल्लेख गरेको छ ।

मन्त्री साहले कृषिक्षेत्रबाट देशमा आर्थिक समृद्धि प्राप्त गर्ने सरकारको लक्ष्य किसानको आँखामा आँसु र अनुहारमा बोझिलो पीडाबाट सम्भव नहुने निश्चित रहेको भन्दै उखु किसानको सन्तापहरण गर्ने दायित्वप्रति संघीय सरकारको बेवास्ता र उदासीनता दुर्भाग्यपूर्ण तथा चिन्तायोग्य रहेको बताए ।

उखु किसानका भुक्तानी नहुने लगायतका समस्याका बारेमा प्रदेश सरकार निरपेक्ष रहन नसक्ने भन्दै वैधानिक रुपमा ती समस्यालार्ई समाधान गर्ने क्षेत्राधिकार र समर्थक संघ सरकारको रहेपनि हामीले गत वर्षसमेत यस विषयलाई महत्वपूर्ण र अग्रप्राथमिकता भएको ठहर गर्दै उच्चस्तरीय समिति गठन गरी किसानहरुका समस्याबारे स्थलगत अध्ययन अवलोकन गरेको स्मरण गराए ।

उद्योगी (मिल सञ्चालक) र किसानहरुका बीच सार्थक एवं परिणाममुखी वार्ता गराई सदैवका लागि भुक्तानी समस्या सुल्झाउने ठोस तथा दिगो कार्यरुप तयार गर्न पहल गरेको स्मरण गर्दै तर, उद्यागीहरुको अनिच्छा, अर्घेल्याइँ र उपेक्षाका कारण हाम्रो प्रयासले मूर्त रुप लिन नसकेको बताए ।

यद्यपि यस समस्यालाई तत्काल निराकरण गर्न अपेक्षित भूमिका इमान्दारी र निष्ठापूर्वक निर्वाह गर्न प्रदेश सरकार तत्पर रहेको बताए । प्रदेश २ सरकार किसानलाई लाचार र विवश बनाउने कुनै पनि शक्तिको दुस्साहसको सही, सटीक र सबल प्रतिकार गर्ने विश्वास दिलाउन चाहेको भन्दै किसानको दुःख र कष्ट निपटारा गर्न सम्पूर्ण शक्ति तथा स्रोत उपयोग गरी तत्काल कार्यबाही थाल्न संघीय सरकारसँग आग्रह गरेको छ ।

 

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds