काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रामसिंह यादवसहित ३३ जनाले एमालेमा प्रवेश गर्नुभएको छ। पूर्वराज्यमन्त्री यादवले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर पार्टी प्रवेश गर्नुभएको हो ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा केन्द्रीय सदस्य यादवसहित प्रदेश कमिटी सदस्य शिवकुमार कापर, सकलदेव रजक र धनुषाका दर्जनौँ जिल्ला कमिटी सदस्यले एमालेमा प्रवेश गरेको एमाले प्रचार विभाग सचिव गगन विष्टले बताउनुभयो ।
एमाले प्रवेश गर्दै यादवले केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले तराईको विकासमा देखाएको चासोले आफू एमालेप्रति आकर्षित भएको बताउनुभएको छ । नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै एमाले अध्यक्ष ओलीले पार्टीभित्र उचित जिम्मेवारी दिने जानकारी दिनुभयो ।