
जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका वार्ड नं. ८ डुमरियामा रहेको शहिद सूर्यनाथ रान प्रादेशिक अस्पतालको अस्पताल व्यवस्थापन समिति अध्यक्षमा शैलेन्द्र चोरवार यादवलाई मनोयन गरिएको छ ।
नेपाली काँग्रेसका सक्रिय सदस्य समेत रहेका चोरबारलाई मधेश प्रदेशका स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले मनोयन गरेको हो । उनलाई अस्पताल सँचालन तथा व्यवस्थापन समिति गठन कार्यविधि २०७९ को दफा ३ को उफदफा (१) (क) बमोजिम व्यवस्थापन समितिको अध्यक्षमा मनोयन गरिएको उल्लेख छ ।
बिज्ञापन




मन्त्रालयका अधिकृत आशिष मिश्रद्धारा जारी गरिएको पत्रमा उनलाई सो कार्यविधि अन्तर्गत शहिद सूर्यनाथ रान प्रादेशिक अस्पतालको अस्पताल व्यवस्थापन समितिमा नियुक्त गरिएको उल्लेख छ । चोरवारलाई राजनीतिक भागबण्डा अनुसार अध्यक्षको जिम्मेवारी दिइएको हो ।
