2023-12-04

Close

पर्साको सदरमुकाम वीरगंजवाट करिब १२ किलोमिटरको दुरीमा रहेको ग्रामीण भेगका नाका प्रसौनीवाट रङ्गा भैसीको व्यापक रुपमा तस्करी भईरहेको छ।सिमानाकाको मुख्य जिम्मेवारी पाएका सशस्त्रका प्रहरी बल बिओपी प्रसौनीको संरक्षणमा तस्करहरुले लाखौं रुपैयाँको राजश्व छलि भारतवाट नेपाल तर्फ रातभरी तस्कर लत्ताकपडा ,हाडयेवर , जुत्ता चप्पल , गाई-भैसी, कुखुराको चल्ला र नेपालवाट भारततर्फ कबाड, डाबरको पेस्ट र कास्मिटिक सामानहरुको तस्करी भईरहेको नाम उल्लेख नगर्ने सर्तमा एक स्थानियले बताए ।

प्रसौनीका एक व्यापारीले दिन्हौ सयको सङ्ख्यामा भारतवाट नेपाल ल्याई वडाको सिफारिस ,भेटनरी र फर्म अनलाईन बिल कटाएर भैसीहरु नेपालको पोखरा पैठाउने गरेको स्थानियहरुले बताएका छन्।

सिमानाकाम रहेका प्रहरीको संरक्षणमा रातभरी खेतको बाटो प्रयोग गर्दै भित्राएका गाई-भैसीहरुले किसानले लगाएको धानबालिहरुको ठुलो मात्रामा क्षति भईरहेको प्रसौनी निवासी बिनय गुप्ताले गुनासो पोखे ।

सिमानाकामा रहेका सुरक्षाकर्मीहरुलाई भैसी तस्करले एक गोटा १ हजारको दरले दिने गरेको एक तस्करले जनाएका छन्।

सशस्त्र प्रहरी बल १३ नम्बर गणका गणपति डिएसपी संतोष बस्नेतले तस्करीमा कडाई गर्ने पटकपटक कडा निर्देशन दिदै आएपनि उनको निर्देशन विपरीत सशस्त्र प्रहरी बल बिओपीहरुले सिमानाका लाई कमाई खाने भाडो बनाई तस्करीलाई बाटो खुल्ला गरिदिएको नाम उल्लेख नगर्ने सर्तमा सशस्त्र प्रहरीका एक सिपाहीले बताए ।

यसरीनै आफ्नो संगठनको निर्देशन विपरीत तस्करीको लाईन सुचारु गराउदै आएका बिओपीपतीहरु माथि सम्बन्धित निकायको ध्यान जान यतिनै आवशयक देखिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2023 अपन जनकपुर