2024-04-28

Close

जनकपुरधाम । धनुषा र सिरहा जोड्ने देशकै लामो पुल भनिएको झोलुँगे पूलको उदघाटन गर्न कमला नदीमा भोलि शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने भएको छ ।

प्रधानमन्त्री प्रचण्ड भोलि शनिबार दिउँसो १२ बजेसम्म जनकनन्दिनी गाउँपालिकाको वडा नम्बर ६ कठाल पुग्ने कार्यक्रम रहेको छ । प्रचण्डले विधिवत रुपमा उदघाटन गरेपछि पुल निर्वाध सँचालनमा आउने स्वयँमसेवक एवम् ईन्जिनीयर विनोद मण्डलले जानकारी दिए ।

प्रधानमन्त्री आउने भएपछि सो क्षेत्रमा सुरक्षा अवस्था कडा पारिएको हो । नेपाल भारतको सीमादेखि केही मात्र दुरीमा रहेको उदघाटनस्थललाई सुरक्षा चुस्त पारिएको माओवादीका नेताहरुले जनाएको हो ।

केही दुरीमा रहेको बहुप्रतिक्षित भाँसिएको कमला पूलमा समेत लैजाने कार्यक्रम रहेको छ । कमला पूलमा प्रत्यक्ष रुपमा नीरिक्षण गरी कमला पूल सँचालनको बाटो खोज्ने बुझिएको हो । यद्यपी, कमला पूलको पुनः निर्माण धमाधम भईरहेको छ ।

करिब २८ करोडको लगानीमा निर्माण भएको झोलुँगे पूल १५०१ मिटर लामो बनेको हो । सपना उमा थानी जेभी कन्सट्रक्सन कम्पनीको ठेक्कामा निर्माण सम्पन्न भएको कमला झोलुँगे पूल समय अगावै सँचालनमा आएको हो । असारसम्म सँचालन हुने भनिएपनि माघ महिनादेखि नै सँचालनमा ल्याएको हो ।

झोलुँगे पूलमा एकै पटक २५०० जना मानिस चढन सक्ने क्षमताको हुनेछ । १० वटा पिल्लर रहेको झोलुँगे पुल सिरहा तर्फबाट सिरहा नगरपालिका वडा नम्बर १३ मल्हनीयाँ गम्हरियासम्म रहेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds