धनुषा प्रहरी प्रमुखमा एसपी रुपेश खड्का

जनकपुरधाम । नेपाल प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय धनुषाको नेतृत्वमा प्रहरी उपरीक्षक (एसपी) रुपेश खड्कालाई खटाएको छ ।

धनुषाका तत्कालीन प्रहरी प्रमुख अमेन्द्र बहादुर सिंह प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा भएपछि रिक्त रहेको जिम्मेवारीमा एसपी खड्कालाई पठाइएको हो ।

बिज्ञापन

प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार खड्काले अब जिल्ला प्रहरी कार्यालय धनुषाको नेतृत्व सम्हाल्नेछन् । उनी यसअघि लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङमा कार्यरत थिए । एसपी खड्काको आगमनसँगै धनुषा जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।