2024-09-07

Close

वीरगन्ज  २७ श्रावण
कालिकामाई गाउँपालिकामा करारका कर्मचारीहरूको जारी आन्दोलनमा नेकपा एमाले,नेपाली कांग्रेस तथा गाउँपालिकाको उपाध्यक्ष सहित बहुमत परिषद सदस्यले एकबद्धता जनाएका छन । बिगत ९ वर्षदेखि कामकाज गरिरहेका पालिकाको स्वास्थ्य संस्था अन्तर्गतका कर्मचारीहरूलाई हटाउनु पर्ने कुनै कारण नरहेकोले अविलम्ब म्याद थप गर्न नेकपा एमाले र नेपाली काग्रेसको पालिका समितीले मांग गरेको छ । २४ घण्टा भित्र म्याद थपनगरिए कडा आन्दोलनमा उत्रिने दुबै दलले छुट्टाछुट्टै विज्ञप्ति मार्फत चेतावनी दिएका छन । नेकपा एमालेकाे कालिकामाई पालिका कमिटी सचिव बिजयसाह गोढ द्वारा हस्ताक्षरित ध्यानाकर्षणमा पालिका अध्यक्षको अदुर्दशिता र अनुभवहिन कामले पालिकाको परिषद,बजेट तर्जुमा तथा जनताले पाउने सेवासुविधा प्रभावित हुनुको साथै पालिका भित्र भष्टाचार र बेथिति मौलाएको उल्लेख छ । पुराना कर्मचारी हटाएर नयाँ भर्ना गर्ने योजनाको एमालेले भर्त्सना गरेको छ । यसैगरि नेपाली कांग्रेसको कालिकामाई पालिका समितिका सचिव रामानन्द ठाकुर द्वारा हस्ताक्षरित विज्ञप्तिमा कर्मचारीहरूको मांग पूरा नगरेमा पार्टी बाट जनदबाब सृजनागरि साउन २९ गते देखि पालिकाको सम्पुर्ण कामकाज ठप्प गर्ने उल्लेख गरिएको छ ।

यसैबीच पालिकाको उपमेयर राजमती देवि,वडा नम्बर ३ का अध्यक्ष संजय पटेल,वडा नम्बर २ का अध्यक्ष सोनालाल चौरसिया,वडा नम्बर ४ का अध्यक्ष संजय साह लगायत बहुमत परिषद सदस्यले हस्ताक्षर गरि कर्मचारीहरूको म्याद थप गर्न आग्रह गरेका छन ।

कर्मचारीहरूको धर्नाको  ८ औ दिन पालिकाको मुख्य गेटमा एमाले र कांग्रेसका पालिका स्तरिय नेता,तथा परिषद सदस्य पुगेर भौतिकरूपमा एकबद्धता जनाएका थिए ।

धर्ना बसेका कर्मचारीहरू बिगत ९ वर्षदेखि पालिका अन्तर्गत स्वास्थ चौकीको कार्यालय सहयोगीमा कार्यरत रहेका छन । अहिले सो ठाउँमा पालिका अध्यक्षले आफनो नजिकका व्यक्तिहरूलाई बहाल गर्ने नियतले पुराना कर्मचारीहरूको म्याद नथपेकोले बाध्य भई आन्दोलनमा उत्रिएको कर्मचारीहरूले बताएका छन । तत्कालीन जिल्ला जनस्वास्थ्य कार्यालय बाट करिब ९ वर्ष अगाडि स्वास्थ्य चौकीको कार्यालय सहयोगीमा न्युक्ती लिएर काम गर्दै आएका कर्मचारीहरूलाई पालिका स्थापना भएपछि निरंतरता दिईएको थियो । आयोगबाट दरबन्दी कायम भएर नआए सम्म उनिहरूलाई निरंतरता दिने पालिकाको तत्कालीन बाेर्ड निर्णय गरि न्युक्ति दिएको थियो । तर अहिले कर्मचारी भर्ना गरि रकम उगाही गर्ने आफनो कार्यकर्ता भर्ना गर्ने उदेश्यले पालिका अध्यक्ष बशिष्ठ कलवारले पुराना कर्मचारी हटाउन सडयंत्रमा जुटेका छन ।
कर्मचारी हटाउने र राख्ने खेलमा अध्यक्ष कलवारले गलत नियत राखेको कारण पालिकाको परिषद समेत हुन सकेको छैन ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर