मधेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण यादवले लिए शपथ, २४ गते विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख कार्यालयमा आयोजित एक कार्यक्रममा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नवनियुक्त मुख्यमन्त्री यादवलाई शपथ गराएका हुन् ।

बिज्ञापन

मुख्यमन्त्री यादवलेयही मङ्सिर २४ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

आज बसेको सत्तापक्षीय सातदलीय गठबन्धनले बैठकले विश्वासको मत लिने निर्णय गरेको जसपाका प्रमुख सचेतक रामअशीष यादवले जानकारी दिए । यही मङ्सिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका यादवले आज मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन् ।