प्रदेश २ मा भ्रष्टाचार बढेको अभिव्यक्ति प्रचण्डले सच्याए

जनकपुरधाम, ३ भदौं । सोमबार धनुषाको बरमझियामा शहीद रामवृक्ष यादव स्मृति सभालाई सम्बोधन गर्दै प्रचण्डले प्रदेश २ मा भ्रष्टाचार बढेको र जनता झन् दुःख पाउन थालेको अभिव्यक्ति दिएका थिए । तर, आज उनले उक्त अभिव्यक्ति सच्याएका छन् ।

 

बिज्ञापन

प्रचण्ड सम्मिलित जिल्ला विपद् व्यवस्थापन समिति धनुषाको बैठकमा सोमबारको उक्त अभिव्यक्तिलाई लिएर प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले आपत्ति जनाए ।

 

‘काठमाडौंमा त सिंहदरबार नै बिक्री हुन्छ र पार्टीका महासचिव नै संलग्न रहेको रहस्य बाहिर आउँछ । के त्यो भ्रष्टाचार होइन?’ उनले भने, ‘देश नै भ्रष्टाचारमा चुर्लुम्म डुबेको अवस्थामा प्रदेश २ अछुतो रहन सक्दैन। भ्रष्टाचार अन्त्यका लागि सहकार्य गरेर अगाडि बढ्न जरुरी छ।’

 

यादवपछि मन्तव्य राखेका प्रचण्डले अन्य ठाउँमा जस्तै प्रदेश २ मा पनि भ्रष्टाचार मौलाउन थालेको मात्र भनेको दाबी गरे। उनले भने, ‘जनताले जुन आकांक्षा बोकेका थिए, त्योअनुसार काम नहुने गरेको मात्र भनेको थिएँ।’