2024-04-26

Close

काठमाडौं, ८असोज । देशका ७७ जिल्लाका कृषि तथा पशु सेवाका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । तीन हजार भन्दा बढी संख्याका प्राविधिकहरुले आफूहरुलाई हटाउने सरकारले गरेको निर्णयको विरोध गर्दै राजधानीमा प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेको छ ।

बुधबार हरिहरभवनस्थित कृषि विभागमा धर्ना दिन पुगेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । कृषि प्राविधिकहरुको विरोधका कारण जावलाखेल देखि माइतीघर क्षेत्र अवरुद्ध भएको थियो । सडक खुलाउन प्रहरीले कृषि प्राविधिकहरुलाई नियन्त्रणमा लिएको थियो ।

अर्थ मन्त्रालयले हालैमात्र करारमा राखिएका कृषि प्राविधिकहरुलार्य हटाउन गरेको निर्णय खारेज गरी एक गाउँ एक प्राबिधिकलाई निरन्तरता को माग गर्दै अब सुनुवाई नभए अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

 

कृषि मन्त्रालयले २०७२ साल देखी करार रूपमा देशको ७४ जिल्लामा भर्ना गरेको कृषि तथा पशु सेवा गरि ३ हजार जना ७५३ स्थानीयमा कार्यरत प्राबिधिक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७६ असार २९ गतेको पत्र अनुसार २०७६र७७को पहिलो चौमासिक रूपमा ब्यबस्थापन हुने र निरंतरता लागी पत्र स्थानीय तहमा पठाए पछि साउन देखी कार्यरत रहेका छन् । समायोजनका समयमा काममा निरन्तरता दिलाउने भनेपनि अर्थ मन्त्रालयले दशैंको मुखमा हटाउने निर्णय गरेपछि तीन हजारभन्दा बढी कृषि प्राविधिक आन्दोलनमा उत्रिएका हुन् ।


प्राविधिकहरुलाई हटाइ नयाँ पहिलो श्रेणीको पदमा राख्ने मन्त्री स्तरीय निर्णय गरे पछी त्यसको विरुद्ध देश भरका कृषि तथा पशु सेवा प्राविधिक काठमाडौंमा आएर आन्दोलनमा उत्रिएका हुन् ।

नेपालको झन्डै ६६ प्रतिशत मानिस कृषि पेसामा सग्लन रहेका छन् । यहीँ अनुरुप देशभरकृषी सेवा को पहुँच पुर्याउने उद्देश्यले २०७२ साल देखी कृषि मन्त्रालयले लाकसेवाको परामर्शमा करारका रूपमा एक गाउँ एक प्राबिधिक अवधारणा ल्याइ एक गाउँ एक प्राबिधिकको रूपमा देखी भरि १५ सय कृषि र १५ सय पशु सेवा प्राबिधिकको दरबन्दी राखिएको थियो । त्यसपछि कृषि तथा पशु सेवा बिभाग मार्फत साबिक जिल्ला कृषि बिकास कार्यलयले लिखित तथा मौखिक पुरा गरि भर्ना गरेर कृषि तथा पशुको सेवा नपुगेको साबिक गाउ बिकास समिति मा खटाएको थियो ।

आन्दोलनरत प्राविधिकहरुका अनुसार अहिले देश संघीयतामा गैई सके पछि जिल्ला कृषि बिकास कार्यालयले स्थानीय तहमा खटाएको थियो । प्राय स्थानीय तहमा स्थाइ कर्मचारी नभएपछी यीनै करार प्राविधिकले स्थानीय तह धानिरहेका थिए ।
देशको दुर्गममा ठाउँहरुमा एक गाउँ एक प्राबिधिक पुगेर सेवा दिई रहेका छन् । एक गाउँ, एक प्राविधिक’ कार्यक्रमअन्तर्गत कार्यरत प्राविधिक निशान्त मरिक यादव ले जानकारी गराएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds