जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले विश्वासको मत लिने प्रक्रिया सुरु गरेका छन् । उनले आगामी कार्तिक २२ गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गर्दै प्रदेशसभा सचिवालयमा पत्र पठाएका छन् । मुख्यमन्त्री सोनलले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिने वातावरण मिलाइदिन प्रदेशसभा सचिवालयलाई पत्रमार्फत अनुरोध गरेका हुन् । […]