शहिदनगरमा स्वास्थकर्मिहरुको हडताल, प्राथमिक उपचारको इमर्जेन्सी सेवा बन्द

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका पूर्व मेयर उदय कुमार बरबरिया (यादव) को पालामा सँचालनमा आएको ईमरजेन्सी सेवा बन्द भएको छ ।

पूर्वी धनुषाका स्थानीय तहहरुमध्ये प्रथम पटक ग्रामिण भेकमा शहिदनगर नगरपालिका वडा नं.३ यदुकूहास्थित प्राथमिक उपचार केन्द्रमा सँचालनमा आएको ईमरजेन्सी सेवा बन्द भएको छ ।

बिज्ञापन

ईमरजेन्सीमा कार्यरत कर्मचारीहरुले अतिरिक्त भत्ता नपाएपछि उनीहरुले सेवा दिन बन्द गरेको हो । कर्मचारीहरुलाई विदाको दिनसहित २४ सै घण्टा खटाउँदा आउने भत्ता नदिएपछि उनीहरु हडताल गरेका छन् ।

शहिदनगर नगरपालिकाका वर्तमान मेयर दिनेश प्रसाद यादवलाई गत जेठ १० गते स्वास्थ्यकर्मीहरुले ज्ञापन पत्र बुझाउँदै विगत एक बर्षको अतिरिक्त भत्ता दिन माग गरेका थिए । ७ दिने अल्टिमेटम दिँदै अतिरिक्त भत्ताको माग गरेको थियो ।

गत २०७९ साल फागुन २२ गते तत्कालिन मेयर उदय कुमार बरबरिया, प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतोले ईमरजेन्सीमा काम गर्दा स्वास्थ्यकर्मी, कर्मचारीलाई २४ घण्टे सेवा र शनिबार तथा सार्वजनिक विदाको दिन समेत सेवा दिँदा अतिरिक्त भत्ताको सहमति भएको थियो । तर, वर्तमान मेयर दिनेश प्रसाद यादवले कर्मचारीहरुलाई भत्ता कटौति गरेपछि सेवा बन्द भएको हो ।

कर्मचारीहरुले आफ्नो जिम्मेवारीभन्दा थप जिम्मेवारी नगर्ने अडान लिएपछि इमरजेन्सी सेवा बन्द भएको हो ।