जनकपुरधाम । धनुषाको विदेह नगरपालिका ५ मुडिवास्थित श्री श्री १०८ महावीर झण्डा मेलामा आयोजना गरिएको दुईदिने दंगल (कुस्ती प्रतियोगिता) भव्य रूपमा शुभारम्भ भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख बेचन दास रहेका थिए भने विशिष्ट अतिथिका रूपमा प्रदेश सभा सदस्य लखन दास, वडा नं. ५ का वडाअध्यक्ष राधेश्याम गोईत, वडा सदस्यहरू, मेला समितिका पदाधिकारी, विभिन्न जनप्रतिनिधि तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।
सांस्कृतिक तथा पारम्परिक महत्व बोकेको यस दंगल प्रतियोगितामा देशका विभिन्न स्थानहरूबाट पहलवानहरूको सहभागिता रहेको छ । पहिलो दिनमै रोमाञ्चक खेलहरू प्रस्तुत भई दर्शकहरू उत्साहित भएका थिए ।
मेला समिति अनुसार दंगल कार्यक्रम दुई दिनसम्म सञ्चालन हुनेछ, जसमा उत्कृष्ट प्रदर्शन गर्ने पहलवानहरूलाई पुरस्कारसहित सम्मान गरिने छ ।