पाँच लाख रुपैयाँ घुससहित जितपुर सिमरा-३ का वडाध्यक्ष कार्की पक्राउ

बारा । सेवाग्राहीसँग घुस लिएको आरोपमा बाराको जितपुर सिमरा उपमहानगरपालिका-३ का वडाध्यक्ष तारा कार्की पक्राउ परेका छन् । कार्कीलाई हेटौंडास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पाँच लाख रुपैयाँ नगदसहित पक्राउ गरेको हो ।

वडाध्यक्ष कार्कीले सडक बाटो सिफारिसका लागि स्थानीय जग्गा व्यवसायी राजन उप्रेतीसँग पाँच लाख रुपैयाँ घुस मागेका थिए ।

बिज्ञापन

जितपुरस्थित जैसवाल होटेलमा घुस लिँदै गर्दा अख्तियारको टोलीले कार्कीलाई पक्राउ गरेको हो । उनको साथबाट उप्रेतीले दिएको पाँच लाख रुपैयाँ घुसको रकमसहित अख्तियारको टोलीले बरामद गरेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।