धनुषाको एक विद्यालयमा माओवादीको जनसभा-विद्यार्थीलाई फर्काइयो

जनकपुरधाम । तराई-मधेस जागरण अभियान नेकपा माओवादी केन्द्रले धनुषाको हंसपुर नगरपालिकामा एक विद्यालय बन्द गराएर सभा गरेको छ ।

हंसपुर नगरपालिका-६ सोनगमास्थित राष्ट्रिय प्रावि विद्यालयमा माओवादीले कार्यक्रम राखेको थियो । अध्यक्ष ‘प्रचण्ड’ सहितका नेताले सम्बोधन गरेका छन् ।

बिज्ञापन

माओवादीका स्थानीय नेताको दबाबले विद्यालय बन्द गरिएको एक शिक्षकले बताए । ‘अचानक विद्यालय बन्द गर्नुपर्‍यो । पढ्न आएकालाई घर फर्काउनु पर्‍यो’, ती शिक्षकले बताए ।

पठनपाठन नै बन्द गर्ने गरी दलहरूले कार्यक्रम गर्ने गरेको भन्दै अभिभावकले गुनासो गरेका छन् ।