विपिन कुमार यादव,जनकपुरधाम ५ बैशाख । लकडाउनको बेला आफ्नै घरको छाना (छत) बाट चँगा उडाइरहेको बेला खसेर एक बालकको मृत्यू भएको छ ।
धनुषाको शहिदनगर नगरपालिका वडा नं. ६ हठ्ठिपुर हडबाराको हठिपुरटोलमा स्थानीय श्याम मण्डलको १२ वर्षीय छोरा कृष्णा मण्डलको घटनास्थलमै मृत्यू भएको हो ।
ईलाका प्रहरी कार्यालय यदुकूहाका अनुसार माथि छतमा चँगा उडाउँदै गर्दा कृष्णाको चँगाको धागा भाँचिदा समात्न खोज्दा तल झरेको थियो ।
छतमा बसेर चँगा उडाइरहाँदा धागा कटेपछि लम्केर धागा समात्न खोज्दा टाउकोकै भर तल खसेपछि टाउको फयाँक्चर भएर घटनास्थलमै मृत्यू भएको हो ।
कृष्णाको शवलाई पोष्टमार्टमको लागि जनकपुरको प्रादेशिक अस्पतालमा पठाउने तयारी गरिएको ईलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी नीरिक्षक दिपकबाबु केसीले जानकारी दिनुभयो ।