औरहीमा प्रहरी कार्यालयलाई पत्रकार सन्तोष र एनएमबी बैंकका म्यानेजर रबिन्द्रद्वारा कुर्सी र टेबल सहयोग

जनकपुरधाम । सिरहा जिल्लाको औरही गाउँपालिका १ स्थित प्रहरी चौकी हरकट्टी र वडा ५ स्थित प्रहरी चौकी औरही तथा सशस्त्र प्रहरी सिमा सुरक्षा बल बिओपी ईटाटारलाई पत्रकार सन्तोष यादव र एनएमबी बैंकका म्यानेजर रबिन्द्र यादव कुर्सी र टेबल सहयोग गरेका छन् ।

जेन-जी आन्दोलनका क्रममा तीनै प्रहरी कार्यालयमा क्षति पुर्याइएको छ । बस्नका लागि कुर्सी समेत थिएन् । प्रहरी ठूलो समस्या झेलेर जनता लाई शान्ति सुरक्षा दिन बाध्य छन् ।
आन्दोलनकारीले तोडफोड गरेर क्षतिग्रस्त बनाएकाले टुडेखोज दैनिकका सम्पादक सन्तोष यादव कुर्सी र एनएमबी बैंक औरहीका म्यानेजर रबिन्द्र यादवले टेबल प्रहरीलाई सहयोग गरेका हुन् ।

बिज्ञापन

प्रहरी कार्यालयको झ्याल ढोकाहरु समेत आन्दोलनकारीले फोडेर क्षतिग्रस्त बनाएको अबस्था छ । अन्य फर्निचर, आवश्यक कागजात राख्ने अल्मारी, तालिकायुक्त टेबल र थप कुर्सीको आवश्यकता रहेको बुझिएको छ ।