2024-04-19

Close

जनकपुरधाम ।मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत महोत्तरीमा आज दुई वटा पोखरी सौन्दर्यीकरणको शिलान्यास सम्पन्न भएको छ । मुख्यमन्त्री लालबाबु राउतले महोत्तरीको महोत्तरी गापा ३ मडै स्थित ब्रह्मबाबा पोखरी र जलेश्वर नगरपापिलका ४ सुगा स्थित सुकदेव सरमा सौन्दर्यीकरणको शिलान्यास गर्नुभएको छ ।

मडैमा आयोजित शिलान्याश कार्यक्रममा मुख्यमन्त्रीका साथै प्रतिनिधिसभा सदस्य एवं राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य शरदसिंह भण्डारी, प्रदेश सभा सदस्य सुरिता साह, सिंघासन साह कलवार, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, पूर्व कृषि मन्त्री हरिनारायण यादव सहितको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रदेश सरकारले समाजिक रुपान्तरणको लागि शुरु गरेको स्वच्छता अभियान र बेटी पढाउ बेटी बचाउ कार्यक्रममा जनसहभागिताको लागि सबै वर्गलाई आग्रह गर्नु भयो । उहाँले प्रदेश सरकारले ल्याएको योजनाहरुमा सवैपक्ष वर्गले सहभागिता नजनाए सम्म सफलता पाउन नसक्ने उल्लेख गर्नु हुँदै आ–आफनो स्थानबाट सबैलाई सहयोग गर्न आग्रह गर्नु भयो ।

मडैमा शिलान्यास गरिएको पोखरी सौन्दर्यीकरणमा प्रदेश सरकाले ४ करोड १७ लाखको लागतमा एक वर्ष भित्र पोखरीमा घाट निर्माण, सभागृहको निर्माण, क्यान्टिन , शुलभ शौचालय सहितको निर्माण गरिने भएको छ । पोखरीको शिलान्यास पछि मुख्यमन्त्री राउतले प्रदेश सरकारको लगानीमा मडैमा निर्माण गरिएको द्वारको उद्घाटन समेत गर्नु भएको थियो ।

तत्पश्चात जलेश्वर नपा ४ सुगा स्थित सुकदेव सरको सौन्दर्यीकरणको शिलान्यास समेत गरिएको छ ।
१ करोड ६७ लाखको लागतमा हुन लागेको सौन्दर्यीकरणको शिलान्यास मुख्यमन्त्री राउतका साथै प्रदेश नं। २का प्रथम प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले संयुक्त रुपमा गर्नु भएको छ ।

उक्त कार्यक्रममा मुख्यमन्त्री राउतले मधेश आन्दोलनमा बलमा गठन भएको प्रदेश सरकार आन्दोलनको भावनालाई कदर गर्दै आन्दोलनमा उठेका मांगहरु क्रमशः सम्बोधन गर्न प्रति बद्ध रहेको बताउनु भयो । उहाँले प्रदेश सरकारले पछिल्लो समयमा चालेको कदमहरु दलित सशक्तिकरण ऐन, महिलालाई ५० प्रतिशतको आरक्षण, अन्य जातिय समुदायलाई संख्याको आधारमा आरक्षण जस्ता कार्यक्रमहरु ट्रेलर मात्र रहेको र यस परिणाम आउने १० वर्षमा देखिने उल्लेख गर्नु भयो ।

कार्यक्रममा प्रथम प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, पूर्व कृषिमन्त्री हरिनारायण यादव, प्रदेश सभा सदस्य रामअशिष यादव, सिंघासन साह कलवार, मुख्यन्याधिवक्ता दिपेन्द्र झा, नीति आयोगका उपाध्यक्ष डा। भोगेन्द्र झा, प्रमुख सचिव रामकृष्ण सुवेदी,जलेश्वर नपाका प्रमुख राम शंकर मिश्र, मटिहानी नपाका प्रमुख हरिमण्डल सहितको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds