
जनकपुरधाम । मधेश प्रदेशसभाका सभामुख रामअशिष यादवले मधेश प्रदेश सरकारले सुशासन कायम गर्दै समृद्धि र लोकतन्त्रको मजबुतीका लागि प्रभावकारी रूपमा काम गर्नुपर्ने बताएका छन् ।
शुक्रबार मधेश प्रदेशसभामा आयोजित सञ्चारकर्मीसँगको भेट तथा सम्मान कार्यक्रममा बोल्दै उनले प्रदेशसभा र प्रदेश सरकारबीच सुदृढ सम्बन्ध रहेको उल्लेख गरे । सामाजिक न्यायका पक्षमा सरकारले गर्ने कार्यमा प्रदेशसभाको पूर्ण साथ रहने उनको भनाइ थियो ।
बिज्ञापन




सभामुख यादवले सभामुख पद दल विशेषको नभई साझा पद भएको उल्लेख गर्दै संविधानको परिधिमा रहेर संघीयता र लोकतन्त्रको रक्षा गर्न आफू प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा मधेश प्रदेशमा क्रियाशील सञ्चारकर्मीहरूलाई सम्मान गरिएको थियो । सो अवसरमा प्रदेशसभा सचिवालयका सचिव बासु कोइरालाले सामाजिक विकृति र अन्यायविरुद्ध कलम चलाउन पत्रकारहरूलाई आग्रह गरे ।

