मुख्य समाचार
विपिन कुमार यादव, जनकपुरधाम । जानकी नवमीका अवसरमा केक बाँडे पछि चर्चामा आएका जानकी मंदिरका उत्तराधिकारी महत्थ रामरोशन दासको विरुद्धमा मन्दिरका महन्थ रामतपेश्वर दासले सामाजिक संजालमा दिएको अभिव्यक्ति पछि अहिले मंदिरको आर्थिक हिना मिनाका कुरा चर्चाको विषय बनेको बेलामा जनता समाजवादी पार्टीका नेता संजय कुमार चौधरीले एक पत्रमार्फत प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतलाई ध्यानाकर्षण पत्र पठाएका छन् ।
नेता चौधरीले दिएको ध्यानाकर्षण पत्रमा लेखिएको छ,‘ माननीय मुख्यमंत्री ज्यू विदेहराज राजा जनकको प्राचिन कालको धरोहर माता जानकी को नामले चिएिको जनकपुर धाममा रहेको जानकी मंदिरको सम्पति बेचबिखन तथा सम्पदा संस्कृति बचाउनु भन्दा मासिने काममा सक्रिय रहेको यहाँलाई थाहा नभएको पक्कै होइन होला ।’ मन्दिरको सयौँ बिघा जग्गा बेचबिखन गरिएको विषयमा प्रदेश सरकारले छानविन समेत गर्नु पर्ने माग गरिएको छ । आजको कानुनी राज्यमा पनि गुठी ऐनको नाउँमा ठगेर जग्गा मासने कामलाई रोक्न मन्दिरलाई ट्रष्टमा लगि हिन्दु सभ्यता, संस्कृति र सम्पतिको संरक्षण गर्नुपर्ने देखिन्छ । जानकी मंदिरको जग्गा धेरै नेताले पनि कब्जा गरी महन्थलाई संरक्षण गरिरहेको कारण समस्या भइरहेको छ ।
मन्दिरका महन्थ र उत्तराधिकारी महन्थ बिचको द्वन्दका कारण प्रदेश सरकारको पनि नाम आएको छ । तर अहिले सम्म प्रदेश सरकारले यस सम्बन्धमा कुनै प्रतिक्रिया नदेखाउनु शसंकित बनाइएको छ । यस विषयमा प्रदेश सरकार कुनै प्रतिक्रिया नदिए जनकपुरबासी प्रदेश सरकार र महन्थ विरुद्ध आन्दोलन गर्ने समेत नेता संजय कुमार चौधरीले ध्यानाकर्षण पत्रमा उल्लेख गरिएकोछ ।
This will close in 20 seconds