चन्दन कुमार पटेल बारा जिल्ला सिम्रौनगढ नगरपालिका द्वारा आयोजित सिम्रौनगढ प्रिमियर लिग मेयर कप को ९ औ सिजन आज देखी सुरु भएको छ । विगतको दिन देखिनै आफ्नो नगरपालिका लगायत विभिन्न स्थानका युवा खेलाडिहरुको उत्साहलाई बढाउदै आएको सिम्रौनगढ नगरपालिका यस वर्ष पनि खेलाडिहरुलाई आफ्नो प्रतिभा देखाई देश तथा बिदेशमा नाम कमाउन मौका दिएको छ। यस वर्ष पनि ९ औ सिजनको प्रमुख अतिथि सिम्रौनगढ नगरपालिका काे समाजसेवी युवा नेता तथा सिम्रौनगढ नगरपालिकाको नगर प्रमुख र क्षेत्र नं १ का क्षेत्रिय सभापति विजय शंकर यादव ज्यूले मेयर कप लिगको उदघाटन गर्नु भएको छ।
This will close in 20 seconds