2024-03-28

Close

काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्टिय महाधिवेशन आजबाट काठमाडौंमा शुरु हुँदैछ ।

यसअघि प्रथम राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको माओवादीले यसलाई राष्ट्रिय महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको हो । पौष ११ गतेबाट १३ गते सम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा चल्ने राष्ट्रिय महाधिवेशनमा कोही पनि विदेशी पाहुनालाई आमन्त्रण नगरेको बताइएको छ । राष्ट्रिय महाधिवेशनबाट माओवादी केन्द्रले अध्यक्ष बाहेकका पदाधिकारी चयन नगर्ने सम्भावना बढेको छ । राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय समितिमात्र चयन गर्ने र अन्य पदाधिकारी पछि चयन गर्ने सम्भावना रहेको माओवादी केन्द्रका एक शीर्ष नेताले जानकारी दिए । अध्यक्ष पुष्पकमल दाहालले तत्काललाई पदाधिकारीलाई पूर्णता दिन अनिच्छा व्यक्त गरेको स्रोतको दाबी छ । महाधिवेशन नेतृत्व चयन भन्दा पनि विचारको बहसमा केन्द्रीत गर्नुपर्ने दाहालको भनाइ छ ।

सम्मेलनमा १६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । जसमा १४८ जना अध्यक्ष पुष्पकमल दाहालले मनोनित गर्नुभएको छ । बहस र छलफलका लागि विभिन्न २५ वटा समूह बनाइएको माओवादीले जनाएको छ । केहीलाई हलमा र केहीलाई टेन्टमा बहसको व्यवस्था गरिएको छ भने ८/९ वटा छलफल पार्टी कार्यालय पेरिसडाँडामा गर्ने तयारी माओवादी केन्द्रको छ ।

यसअघि २०६९ माघमा मकवानपुर जिल्लाको हेटौंडामा आयोजना गरिएको सातौं महाधिवेशनको मोडेलमा नेतृत्व चयन गर्ने दाहालको तयारी रहेको बताइएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds