2024-04-27

Close

जनकपुरधाम । २०७८ सालको एसईई परीक्षामा जनकपुरधामस्थित मोनाष्टिक आवासिय माध्यमिक विद्यालयबाट प्रदेशभरिमै उत्कृष्ट नतिजा ल्याउने छात्र प्रवेश यादवलाई विद्यालयले सम्मान गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१३ कर्वड हल बस्ने संतोष यादवका छोरा प्रवेश यादवले यसवर्षको एसईईमा मधेस प्रदेशमै उत्कृष्ट नतिजा ल्याएका हुन् ।

बिहीबार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच उत्कृष्ट नतिजा ल्याउने छात्र यादलाई नगद २५ हजार र सम्मानपत्र सहित सम्मान गरिएको हो ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार मोनाष्टिकमा अध्ययनरत यादवले ४ जीपीए ल्याएर प्रदेश टप गरेका छन् । देशभरीमा ४२ जना विद्यार्थीले ४ जीपीए ल्याएकोमा त्यसमध्ये मोनाष्टिकका छात्र प्रवेश पनि एक हुन् ।

गुणस्तरीय शिक्षा आजको आवश्यकता भन्ने नारालाई मोनाष्टिकले पूरा गरेको कुरा एसईई २०७८ ले घाम झै छर्लङ्ग गरेको विद्यालयका निर्देशक डा.सोनु साहले बताए ।,

कार्यक्रमका प्रमुख अतिथी मधेस प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक मसउद आलम खाँले मोनाष्टिक विद्यालयले शैक्षिकक्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै देशको मेरुदण्डको रूपमा अग्रस्थानमा रहेको बताए ।

कार्यक्रममा विद्यालयका संस्थापक प्रधानाध्यापिका विणा देवी साह, निर्देशक डा.सोनु कुमारलगायत विद्यालयका शिक्षक तथा कर्मचारीलाई उत्कृष्ट सेवा गरे बापत सम्मानित गरिएको थियो । कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने २१६ जना विद्यार्थीहरुलाई पनि पद्क तथा सम्मानपत्रले सम्मानित गरियो ।

मोनाष्टिक आवासिय माध्यमिक विद्यालयबाट यसवर्ष कूल २१६ छात्र छात्राले एसईईमा सहभागिता जनाएकोमा ३१ जनाले A+, ७१ जनाले A, ७३ जनाले B+, ३५ जनाले B र ६ जनाले C+ ग्रेड ल्याएका छन् । त्यस्तै, विद्यालयका प्रियांसु चित्रांशले ३.९०, लक्ष्मी कुमारी महतोले ३.८५ र केशव कुमार साहले ३.८५ जीपीए ल्याएका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds