ब्रह्माकुमारी राजयोगले विशाल रक्तदान कार्यक्रमको आयोजना गर्दै

श्याम गुप्ता
बारा, २ भदौ । अध्यात्मिक संस्था ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले नेपाल, भारत लगायत विश्वभर बृहत रुपमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । विश्व बंधुत्व दिवस तथा राजयोगिनी दादी प्रकाशमणि ज्यूको १८ औं पुण्य तिथिमा महा रक्तदान कार्यक्रम गर्न लागिएको हो ।
बाराको सिमरा स्थित ओम् शान्ति भवनमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले ओजना गरेको पत्रकार सम्मेलन मार्फत सो कार्यक्रमको बारेमा जानकारी गराईएको हो ।
सेवा केन्द्रकी प्रमुख सञ्चालिका मधु दिदीले कार्यक्रम अन्तरर्गत बाराको सिमरा, कलैया, कोल्हवी, पिलुवा, निजगढ र नेपालभर तथा भारत लगायत विश्वभर नैं एउटा अभियानको रुपमा रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको बताउँनु भयो ।
नेपलको बिभिन्न स्थानमा रहेका सेवा केन्द्रहरुमा कार्यक्रम गरी एक लाख युनिट रगत संकलन गरिने योजना रहेको बताउँदै सेवा केन्द्रकी क्षेत्रीय सञ्चालिका ब्रह्मकुमारी राजयागिनी तपस्विनी रबिना दिदी ज्यूले भदौ ६, ७, ८ र ९ गते देश लगायत विश्वभरका बिभिन्न शाखाहरुमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिने जानकारी दिनुभएको छ ।
विश्वभर रगतको अभावमा जिवन र मृत्यूसँग जुधीरहेका बिरामीको रगत पुर्तीका लािग सेवा केन्द्रले आयोजना गर्न लागेको रक्तदान–जिवनदान–महादान हो र यस्तो पुण्य कार्यको भागी हुनका लागि नजिकैको ब्रह्मकारी संस्थामा गएर सहजै रक्तदान गर्नका लागि ब्रह्मकुमार श्रवण भाईले आग्रह गर्नुभएको छ ।

बिज्ञापन