वीरगंज ४ बुधबार
पर्सामा रहेको ४ वटा प्रतिनिधि सभा सदस्यको सिट मध्ये क्षेत्र नम्बर ४ को प्रतिनिधि सभाको मतगणना सम्पन्न भएको छ ।क्षेत्र नम्बर ४वाट काग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल फरकिलो मतले बिजय भएका छन्।
त्यैगरि पर्समा रहेका ८ वटा प्रदेश सभा सदस्य रहेको छ ।८ वटे प्रदेश सभासदस्यबाम लोकतान्त्रिक गठबन्धनले ५ वटामा निर्वचित भएको छ भन्ने एमाले जसपाको गठबन्धन २ वटा प्रदेश सभामा जितेका छन्।यसरी नै पर्साको ३ क वाट स्वतन्त्र उम्मेदवार बिजय भएका छन्।
पर्साको १ को ख मा एमाले जसपाको गठबन्धनवाट उम्मेदवार बनेका जसपाका नेता एवम मधेस प्रदेशका मुख्यमन्त्री लाललबाबु राउतले ७ हजार ५ सय ४५ मत ल्याई बिजय हुनुभएको छ।उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काग्रेका नेता रामनारायण कुर्मीले ६ हजार २ सय १२ मत प्राप्त गरेका छन्।राउत १ हजार ३ सय १३ मतको अन्तरले जित हासिल गरेका छन्।राउत प्रदेश सभामा दोस्रोपटक दोहोरिनो भएको हो।
बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बनेका माओवादी केन्द्रका रहबर अंसारीले ७ हजार ८ सय १७ मत ल्याई निर्वचित भएका छन् ।उनका निकटतम प्रतिस्पर्धा एमाले जसपा गठबन्धनका उम्मेदवार बिचारी यादवले ५ हजार ५ सय १८ मत प्राप्त गरेका छन्।रहबरले २ हजार २सय ९९ मत बढीले जित हासिल पारेका छन्।
पर्साको २ को क वाट प्रदेश सदस्यमा नेपाली काग्रेसका शयाम पटेलले जसपाका रामनरेश यादव संग १ हजार ६ सय ५७ मत फराकिलो ल्याई बिजय भएका छन्।उनीले १३ हजार ७ सय ८४ मत ल्याएका छन्। भन्ने उनका निकटतम प्रतिद्वन्द्वी यादवले १२ हजार १ सय २७ मत ल्याएका छन।
प्रदेश २ को ख मा लोसपाका रमेश कुर्मीले ९ हजार ४ सय ७१ मत ल्याई प्रदेश सदस्यमा बिजय बनेका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार रुपेशमान सिंह ६ हजार८ सय ३४ मत प्राप्त गरेका छन्।कुर्मिले २ हजार ६ सय ३७ फराकिलो मतले प्रदेश सभामा दोस्रो पटक जितेका छन्।
पर्सा ३ को (क)बाम लोकतान्त्रिक गठबन्धन र एमाले जसपाको गठबन्धनको उम्मेदवारहरुलाई १ हजार ८ सय ४७ फराकिलो मतको अन्तर ल्याई स्वतन्त्र उम्मेदवार प्रमोद जयसवाल प्रदेश सभा सदस्यको लागि बिजय बनेका छन्।उनका निकटतम प्रतिस्पर्धा एमालेका अब्दुल रहिम ४ हजार ३ सय ६६ मत ल्याएका छन् भन्ने जयसवाले ६ हजार २ सय १३ मत प्राप्त गरेका छन्
प्रदेश सभाको ३को( ख)मा नेपाली काग्रेसका जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीले ९ हजार ५ सय ७ मत ल्याई बिजय बनेका हुन्।उनका निकटम प्रतिद्वन्द्वी जसपाका मधु गुप्ताले ६ हजार ८ सय ३४ मत प्राप्त गरि दोस्रो स्थानमा रहेका छिन्।सिंहले २ हजार ६ सय७३ मत फराकिलो ल्याई गुप्तालाई पराजित गरेका छन्।
पर्सा४ को प्रदेश सभा दुईटैमा पुराने अनुहार दोहोरिका छन्।पर्सा ४ को( क) मा नेपाली काग्रेसका शंकर चौधरीले ११ हजार ५ सय ८५ मत ल्याई बिजय भएका छन्।भन्ने उनका निकटम प्रतिद्वन्द्वी ९ हजार ५ सय ५१ मत ल्याई एमालेका पर्सा जिल्ला अध्यक्ष जयप्रकाश थारु रहेका छन्।चौधरीले २ हजार ३४ मत फराकिलो ल्याई प्रदेश सभामा दोस्रो कार्यकालको लागि जितेका छन्।
प्रदेश४ को (ख) मा जसपाका सिंहासन साह कलवारले १५ हजार ३ सय ८५ मतले बिजय भएका छन्।उनका निकटतम प्रतिस्पर्धी १२ हजार ६सय ४१ मत प्राप्त गरि दोस्रो स्थानमा स्वतन्त्र उम्मेदवार प्रहलाद साह कानु रहनुभएको छ।कलवार दोस्रोपटक निर्वर्चित भएका छन्।