2024-04-27

Close

जनकपुरधाम । धनुषामा आफूलाई पत्रकार भनेर धाकधम्की लगाउने नक्कली पत्रकारहरुको बिगबिगी बढदै गरेको छ । पत्रकारिताको ज्ञान नै नभएका युवाहरुले माईक लिएर पत्रकारलाई निरन्तर बदनाम गरिरहँदा नेपाल पत्रकार महासंघ धनुषा शाखाले कुनै मतलब राखेको छैनन् । हातमा एउटा माईक लिएर जथाभावी बोल्ने, समाजिक संजालमा जथाभावी लेखे प्रवृति बोकेर आफू पत्रकार हुँ भनि जनप्रतिनीधि, आयोजकहरुलाई ठग्ने कार्य निरन्तर जारी रहँदा महासंघ भने कृतिम अनभिज्ञ देखाएको छ । धनुषाको विभिन्न क्षेत्रमा नक्कली पत्रकारहरुको बिगबिगी बढदा मिडियाकर्मीप्रति आम पाठकको विश्वास घटदै गएको छ । यसको लागि नेपाल पत्रकार महासंघ धनुषाले ठोस कदम उठाउनुपर्नेमा अझै कुनै निर्णय गर्न सकेको छैनन् ।

धनुषाको सबैला, धनुषाधामतर्फका केही युवकहरुले आफूलाई पत्रकार भन्दै विभिन्न ठगीको घटनाहरुलाई मूर्तरुप दिँदै आएको छ । समाचार नै नबुझने, सानो सूचनाको आधारमा सरकारी कर्मचारी, प्रशासिनक निकायका कर्मचारी, प्रहरीहरुलाई समेत ठगी गर्ने प्रवृति बढदै गएको छ । आफू पत्रकार हुँ भनेर धाक लगाउँदै रकम ठगी गर्ने गरेको पाईएको छ ।

“बोल्न आउँदैन, लेख्न त झन आउँदैन, जे पायो त्यही बोल्ने, हातमा सानो माईक लिएर कोई पत्रकार हुन्छ र ? पत्रकारको आफ्नो हैसियत हुन्छ नी । फेसबुकमै लेखेर पत्रकारिता हुन्छ त ? चार पाँच हजारमा वर्डप्रेसको वेभसाइट, डोमेन लिएर अशुद्ध लेखहरु प्रकाशित गर्दैमा पत्रकारिता हुँदैन नी । तर, सक्रिय बढी उनीहरु नै छन चोरेर फेरी । उनीहरु विभिन्न ठाउँमा हुने कुनै कार्यक्रमलाई रोज्छन, विकास निर्माणको काम हुँदा एउटा असैद्यान्तिक गलती निकालेर ठेकेदारसँग बार्गेनिँग गर्ने, प्रहरीको एउटा गलती निकालेर प्रहरीसँग बार्गेनिँग गर्ने, गाउँ समाजमा हुने समाजिक घटनामा दलालीको काम गर्ने जस्ता कार्यहरु गरेर शुद्ध पत्रकारलाई बदनाम गर्दै आएको प्रवृति बढदै गएको छ ।”– धनुषाका एक पत्रकारले भने ।

मोटरसाईकलमा प्रेस लेखेर पत्रकारिताको “प” नै थाहा नभएका धनुषाधाम, सबैला तर्फका दुई चारजना युवकहरुले यसलाई व्यापार बनाएका छन् । विभिन्न पालिकाहरुमा गएर वडाध्यक्ष, मेयर, उपमेयरसँग सानो असान्दर्भिक नक्कली अन्तरवार्ता गरेर त्यस वापत रकम ठग्ने गरेको गुनासो गरिएको छ ।

नाम नखोल्ने शर्तमा केही जनप्रतिनीधिहरुले त्यस्ता नक्कली पत्रकारहरुबाट आफूहरु आजित भएको सुनाए । उनले मोटरसाईकलमा प्रेस लेखेर आउने, जबरदस्ती अन्तरवार्ता दिन भन्ने अनि दिएपछि ५०० देखि २ हजार रुपैयाँसम्म लिएर जाने गरेका छन् । ती जनप्रतिनीधिले सबैला र धनुषाधाम तर्फका ३÷४ जनाको नाम नै किटेर फोटो समेत देखाए ।

नेपाल पत्रकार महासंघ धनुषाले यस्ता ठगहरुलाई प्रहरीसंग समन्वय गरी पक्राउ गर्न लगाई कारवाहीको लागि सिफारिस अझै गरेको छैनन् । ज्ञातव्य छ, केही दिन अगाडी मात्र धनुषाधामस्थित चलेको कृषि मेलामा एक नक्कली पत्रकारको चरित्र नामसहित नै सार्वजनिक गरिएको थियो । केही दिन अगाडी मात्र सबैला तर्फका एक नक्कली पत्रकारले रामधुलाई खाएको घटना सेलाएको छैनन् ।

एउटा संस्था दर्ता गराउँदै एक वेभसाइट चलाएर आफूलाई पत्रकार बिल्ला लगाउनेहरुको बिगबिगी बढदै गएको छ । पत्रकार महासंघले यस्ता प्रवृति नियन्त्रणको लागि कडा कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ ।

राष्ट्रको चौथो अंगको रुपमा मानिएको पत्रकारलाई हानीनोक्सानी, मानमर्दन, हुलहुज्जत हुँदा नेपाल पत्रकार महासंघले उठाउनुपर्ने जिम्मेवारीबाट धनुषा शाखा पन्छिँदै गएको छ । साभार : न्यूज ब्यूरो

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds