वर्तमान सरकारले न्याय दिने आश जागेको छ : वेपत्ता पारिएकाको परिवारका सदस्य शुभम

महोत्तरी । वि.सं. २०६० साल असोज १८ गते राती महोत्तरीको खखना निवासी रंगिलाल यादवका परिवारका सदस्यहरुलाई तत्कालिन नेपाली सेनाको टोलीले घरबाट लगेर बेपत्ता बनाए । परिवारको ८ जना सदस्य सेनाको कब्जामा गएर सम्पर्क बिहिन भए । पछि उनी समेतमाथी सुरक्षा निकायबाट आक्रमण भयो र उनी घाईते भए । उनी जिउदो शहिद छन । तर परिवारका अन्य सदस्यहरुको अझै पत्तो छैन । २३ वर्ष वितिसक्दा पनि सरकारले न सास दिन सकेको छ न लास नै । सत्य निरुपन आयोग र वेपत्ता पारिएको व्यक्तिको छानविन आयोगले हालसम्म छानविन गर्दैछ तर त्यो छानविन अव भने नतिजामा पुग्ने विश्वास जुर्मुराउन थालेको छ । देशमा राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बनेपछि बेपत्ता बनाइएकाको परिवार र शहिद परिवारको भने आश जागेको छ । यो आश सोहि परिवारको कान्छो छोरा र नेपालकै कान्छो जिल्ला सभापतिको रुपमा सफल पहिचान बनाउन सकेका शुभम यादवले गरेका छन ।
आफ्नो परिवारको सदस्यहरु सरकारबाट बेपत्ता बनाईदा चेतना भएदेखि नै सरकारको आधिकारिक निकायहरुमा परिवारको खोजीको लागि परिवारकै सदस्यहरुसंग पुग्ने गरेका शुभमले देशको राजनितिक अवस्था र शासन तथा सत्ता चलाउनेहरुको रवैया देखेर देशलाई परिवर्तन गर्न राजनितिमा प्रवेश अनिवार्य रहेको ठाने र उने २०७९ फाल्गुन १२ गते अवसर पाउदै जिल्ला भेलाबाट राष्ट्रिय स्वतन्त्र पार्टीको महोत्तरी सभापति चयन हुने अवसर पाए । सोहि वेला उनी १८ वर्षका मात्र थिए ।
पार्टीमै समय खर्चिदा घरमै थोरै समय बिताउन नसकेका शुभम अझै तत्कालिन सेनाबाट बेपत्ता बनाइएका आफ्ना परिवारका सदस्यवारे आधिकारिक जानकारीको लागि लालायित छन । तत्कालिन समय राज्यको नागरिक विरुद्धको क्रुरताकै कारण आफु राजनितिमा आएको बताउँदै उनले वर्तमान सरकारले शहिद र बेपत्ता परिवारलाई न्याय दिनेमा आफु आशावादी भएको बताउँछन ।
पार्टी स्थापना कालदेखि जिल्ला सभापतिको रुपमा छुट्टै पहिचान बनाउन सकेका उनी जिल्ला प्रसासन कार्यालय लगायतका विभिन्न स्थानमा जिल्ला स्तरिय कार्यक्रम, छलफल वा अन्य कुनै सभा समारोह हुदा उनी अनिवार्य उपस्थित भएर जिल्लाका अन्य विषयसंगै शहिद परिवार र वेपत्ता पारिएकाहरुका वारेमा निरन्तर आवाज उठाउदै आएका छन । पार्टीको तर्फबाट आफ्नो विचार हरेक मञ्चमा राख्न भ्याउने शुभमको राजनितिमा शहिद परिवारको पिडा सधै झल्किरह्यो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको खासै चर्चा नहुदा उनैले संगठनको जिल्ला तहमा नेतृत्व गर्दै पार्टीको विचार जनता सामुने राख्न भ्याए । अहिले राष्ट्रिय स्वतन्त्र पार्टीकै देशमा सरकार हुँदा उनी ठुलो युद्ध जितेको बताउँछन ।
केहि वर्ष पहिले मात्र स्थापना भएको पार्टीलाई जन जनमा चिनाउन सामान्य नभएको भन्दै संगठन निर्माण र विस्तारमा अहोरात्र खट्नु पडेको आफ्नो अनुभव उनी साझा गर्छन । महोत्तरी सदरमुकाम जलेश्वरमै पार्टीको केन्द्रिय बैठक गराउन समेत सक्षम भएका शुभमले राजनितिसंगै आफ्नो अध्ययनलाई समेत निरन्तरता दिएका छन । उनी आइटी ईन्जिनियरिंग गर्दैछन ।
उनी भन्छन,‘पार्टीको प्रारम्भिक दिनहरूमा सदस्य संख्या अत्यन्त न्यून थियो । जिल्लादेखि केन्द्रसम्म संगठन निर्माणका लागि महत्वपूर्ण भूमिका खेलियो । पार्टीको विचार, सिद्धान्त र अभियानलाई जनस्तरसम्म पु¥याउन गाउँ–गाउँ, टोल–टोलमा पुगेर निरन्तर काम गर्दै आएको छु । ’
पार्टी भित्रको आफ्नो योगदान र उनले देखेको पार्टीको कामले नै उनी न्याय प्रति आशावादी भएको बताउछन । पार्टीको लागि दिएको योगदान र संघर्ष सफलता तर्फ डोरिएको उनी थप्छन । उनी द्वन्द कालमा मारिएका वा वेपत्ता बनाइएका र शहिद बनाइएका परिवारहरुको लागि अब न्याय टाढा नभएको बताउँछन ।

बिज्ञापन