डेढ सय रुपैयाँ तिरेर डुंगाबाट सिरहा र धनुषा जोड्ने कमला नदी वारपार

जनकपुरधाम । हुलाकी राजमार्गको सिरहा र धनुषा जोड्ने कमला नदी वारपार गर्न डुंगाको सहारा लिनुपर्ने बाध्यता छ । १५ वर्षअघि ०६८ सालमा शिल्यानास भएको पुल निर्माणाधीन अवस्थामै ०७८ सालमा भासिएको थियो ।

अहिले कमला पुलको काम बिस्तारै भइरहँदा नदीमा पानीको बहाव बढेसँग डुंगाबाट नदी वारपार गर्नुपर्ने बाध्यता रहेको छ । सिरहाबाट धनुषा जान र धनुषाबाट सिरहातर्फ आउन मोटरसाइकल यात्रीले दैनिक डेढ सय रुपैयाँ डुंगावालालाई दिनुपरेको छ । यस्तै, साइकल र पैदल यात्रीले नदी वारपार गर्न ५० रुपैयाँ प्रतिदिन तिर्नुपरेको छ ।

बिज्ञापन

सिरहा नगरपालिका ५ र ६ का स्थानीयले नदीमा दुईवटा डुंगा सञ्चालनमा ल्याएका छन् । सोही डुंगामा मोटरसाइकल, साइकल र पैदलयात्री चढेर जोखिमपूर्ण रूपमा नदी वारपार गर्दै आएका छन् सिरहा र धनुषाका स्थानीय बताउँछन् ।