2024-04-25

Close

जनकपुरधाम । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभिटी) मधेश प्रदेश अन्तर्गतका शिक्षालयमा कार्यरत करारका एक कर्मचारीको दादागिरीले सीमा नाघेको छ । बारामा सञ्चालित सीटीईभिटी अन्तर्गतका प्रसौनी बहुप्राविधिक शिक्षालयमा करार सेवामा कार्यरत प्रशासकीय अधिकृत मुकेश कुमार साहको दादागिरीले सिमा नाघेको हो । कर्मचारी साहको दादागिरीले विद्यार्थी, अभिभावक तथा सेवाग्राहीहरु आजित भएपनि सम्बन्धित निकायको ध्यान भने त्यातातिर गएको देखिदैन ।
प्रशासकीय अधिकृत साहको दादागिरीको दर्जनौँ कर्तुतहरु सार्वजनिक भएपनि राजनीतिक संरक्षण र पहुँचको आधारमा उनी कसैलाई नटेर्ने गरेको गुनासो सीटीईभिटीको कर्मचारी वृत्तमा व्याप्त सुन्न पाइन्छ । सीटीईभिटीका कर्मचारीहरुका अनुसार साहले आफूभन्दा ठूला हाकिमलाई पनि टेर्ने गरेका छैनन् भने कनिष्ठ कर्मचारीहरुलाई हेप्ने गर्दछन् ।
परीक्षा सञ्चालन गर्न खट्दा पनि उनी परीक्षामा चिट चोरी गराइदिने भन्दै दर्जनौँ ठाउँमा पैसा उठाउने काम गर्ने गरेको स्वयंम् सीटीईभिटीमै व्यापक चर्चाको विषय बन्ने गर्छन भने त्यस विषयमा व्यापक जनगुनासो समेत आउने गरेको नाम उल्लेख नगर्ने सर्तमा एकजना कर्मचारीले बताए । जसको पछिल्लो उदाहरण हो, २०७८ मा जनकपुरमा सञ्चालित परीक्षा । त्यतिबेला एक परीक्षा केन्द्रमा विद्यार्थी तथा निजी कलेजहरुहरुसँग परीक्षामा चिट चोरीको वातावरण बनाईदिने भन्दै उनले पैसा माग गरेका थिए । तर विद्यार्थी र कलेज सञ्चालकहरुले पैसा दिन नमानेपछि जनकपुरको एक निजी कलेजको एक विषयको परीक्षामा सहभागी सबै विद्यार्थीको उत्तरपूस्तिका नै काटेर विद्यार्थीलाई फेल गराएका थिए ।
उक्त विषयमा छानविन गर्न परिषद् परीक्षा नियन्त्रण कार्यालयले एक छानविन समिति बनाएको थियो । छानविन समितिको प्रतिवेदन अनुसार साहले व्यक्तिगत लाभ तथा स्वार्थका कारण विद्यार्थीहरुको भविष्यसँग खेलवाड गरेकोले निजलाई अब उपरान्त परीक्षा सम्बन्धी कूनै पनि जिम्मेवारी निदिने निर्णय भएको थियो । त्यस पश्चात पनि जय किसान बहुप्राविधिक शिक्षालय धरहरी रौतहटमा उनलाई परीक्षाको जिम्मेवारीमै कायम राखियो । स्रोतका अनुसार त्यस शिक्षालयमा पनि परीक्षामा पैसा दिने विद्यार्थीलाई परीक्षामा चिट चोरीको वातावरण बनाईदिने र पैसा नदिने विद्यार्थीलाई उनले उत्तरपूस्तिका काटी नियतवश फेल गराउने कार्य गरिरहे । पछि त्यस सम्बन्धी पनि अनुसन्धान गर्न एउटा छानविन समिति बन्यो र छानविनको प्रतिवेदन अनुसार निजलाई प्रमूख जिम्मेवारी लगायत परीक्षाको कूनै पनि जिम्मेवारीमा नराख्ने र सेवा करार छनौट कार्यविधि, २०७८ अनुसार कारवाही गर्न सिफारिस गरेको थियो । तर राजनीतिक पहुँच र संरक्षणको आडमा उनी कारवाही हुनबाट बचे । पछि साहलाई परीक्षाको जिम्मेवारी नदिने निर्णय गर्दै कारवाही भएन । तर साह अझै पनि प्रसौनी बहुप्राविधिक शिक्षालयमा परीक्षा सम्बन्धी कामकाज गर्दै आएका छन् ।
साह सेवा करारमा स्कुल अफ हेल्थ साईन्स भरतपूर चितवनबाट सोर्सफोर्सको आधारमा जागिरमा प्रवेश गरी गौर नर्सिंग इन्स्टिच्युट, जय किसान बहुप्राविधिक शिक्षालय धरहरी रौतहट हुदै हाल प्रसौनी बहुप्राविधिक शिक्षालयमा प्रशासकीय अधिकृत पदमा कार्यरत छन् ।
वर्षौ स्थायी भई कामकाज गर्दा पनि बढुवा पाउन हम्मेहम्मे पर्ने कर्मचारीवृतमा राजनीति संरक्षण र शक्तिको आडमा करार सेवाका कर्मचारीले प्रशासकीय अधिकृत पड्काउन सफल भएका छन् । जसकारण इमान्दारीपूर्वक काम गर्ने परिषद्का कर्मचारीहरुमा निराशा पलाएको छ ।
साहले सामाजिक सञ्जाल मार्फत दिनरात पार्टीको प्रचारप्रसार गर्ने, नेताहरुसँग आफूले खिचेको फोटो राखी सामाजिक सञ्जालमा स्टेट्स लेख्ने, खुल्लेआम कर्मचारीको मर्यादा उल्लंघन गर्ने कार्यहरु गर्दै आएपनि सम्बन्धित निकाय मौन भएर बसेका छन् । सीटीईभिटी स्रोतका अनुसार उनको कुरामा सहमत नहुने माथिल्लो तहका कर्मचारीलाई नटेर्ने, कूनैपनि हाकिमको आदेश नमान्ने, शिक्षालय र निजी संस्थाहरुमा दादागिरी गर्ने गरेपनि सीटीईभिटी मौन छन् ।
सीटीईभिटी काँग्रेस निकट कर्मचारी संघका एक कर्मचारीका अनुसार शक्तिको आडमा साहले आफ्नो श्रीमती, ज्वाईँलगायत दर्जनौ नातागोता तथा आफ्न्तलाई गौर नर्सिंग इन्स्टिच्युट, जय किसान बहुप्राविधिक शिक्षालय तथा प्रसौनी बहुप्राविधिक शिक्षालयमा करारमा जागिर लगाउन सफल भएका छन् ।
स्रोतका अनुसार सीटीईभिटीमा पटक–पटक बदमासी तथा दादागिरी देखाए पनि सम्बन्धित निकायले कारवाही नगरेको कारण उनको दादागिरी तथा छाडापनले सीमा नाघेको, तालुक निकायबाट कार्यालयमा छड्के जाँदा पनि छड्केमा गएका अधिकार प्राप्त कर्मचारीलाई डराउने, धम्काउने तथा गुण्डा लगाउने कार्य समेत गर्ने गरे पनि सम्बन्धित निकाय मौन रहेको पाइएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds