प्रमुख समाचार
विपिन कुमार यादव ,
जनकपुरधाम : समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले धनुषाको शहिदनगर नगरपालिकामा सलहेश मन्दिरको शिलान्यास गरेका छन् ।
धनुषा क्षेत्र नम्बर २ का साँसद समेत रहेका सचेतक अरगरियाले शहिद नगरपालिका ४ स्थित सोमबार एक कार्यक्रमबीच सलहेश मन्दिरको शिलान्यास गरेका हुन् । उनले संसदीय विकास कोषको रकमले मन्दिर निर्माण गर्ने बताए ।
उनले बजेटमा अनियमितता नगरी ईमान्दारिता पुर्वक काम गर्न आग्रह गरे । उनले भने, ‘म भ्रष्टाचारको विरोधी हुँ । मलाई एक पैसा चाहिदैन । तपाईहरु पनि पारदर्शी रूपमा काम गर्नुहोला ।’
शिलान्यास कार्यक्रममा समाजवादी पार्टीका शहिदनगर नगर अध्यक्ष दिनेश यादव, नगर सल्लाहकार फुलगेन यादव, प्रमोद अधिकारी ,उमेश यादव ,कपिल देव मरिक, नगर यूवा अध्यक्ष रामचन्द्र चौरबार, पार्टीको वडा नं.४ अध्यक्ष बेचन साह लगायतको उपस्थिति रहेको थियो ।
This will close in 20 seconds