वीरगञ्ज, १० माघ
पर्सा प्रहरीले बिल बिजकभन्दा बढीको सामान बोकेको ३ वटा ट्रक नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साकोबाट खटिएको टोलीले वीरगंजको महानगरपालिका वडा नम्बर २६ चण्डालचौक सडकखण्डवाट BRO5G9491 नम्बर पिकअप र ना ५ ख ३८४७नम्बरको मालबाहक ट्रक र वीरगंजको आर्दशनगर सडक खण्डबाट बा प्र०३-००१ ख१२६४ नम्बरको मालबाहक ट्रकहरुलाई रुकी चेकजाँच गर्द बिल विजक भन्दा बढी खुद्रा तथा विभिन्न किसिमका लत्ताकपडाहरू लगाएतका सामानहरू बोकेको ट्रकहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक कोमल शाहले जनकारी दिनुभयो।
प्रहरीले चेकजाँचका क्रममा ती ततीन वटै मालवाहक गाडीबाट बिलबिजक नभएका करिब २ करोड १२ लाख ९२ हजार ४५२ रुपैया मुल्यको लत्ताकपडा र खुद्रा सामानहरु बरामद भएको पर्साका प्रहरी उपरिक्षक शाहले जानकारी दिए ।
ती ३ वटा ट्रकवाट बिलबिजक भन्दा बढिको सामान फेला परेपछि सामन सतिहको तीन वटै गाडी अनुसन्धान तथा आवश्यक कारबाहीको लागि मङगलबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको शाहले बताए ।