2024-04-26

Close

चितवन । चितवन प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले आफ्नो कार्यकालमा कुनै पनि मुद्धा बक्यौता नरहेको बताएका छन् । आज जिल्ला प्रहरी कार्यालय चितवनमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । ११ महिना चितवन प्रहरीको नेतृत्व लिएका एसपी अधिकारीले ६०६ वटा कार्यक्रम गरिएको बताए ।

बाल यौन दुव्र्यवहार न्युनिकरण गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत चितवनका हरेक विधालयमा सचेतना मुलक पाठ्यक्रम वितरण, मानब बेचबिखन बिरुद्ध सचेतनामूलक पर्चा पेम्पलेट वितरण, घरेलु तथा लैङगिक हिंसा नियन्त्रण, चोरी, लुटपाटमा अपनाउनुपर्ने उपाय, लागु औषध दुर्व्यसन विरुद्द सचेतनामुलक घरदैलो अभियान, निःशुल्क स्वास्थ शिविर, प्रहरीको काम कारवाही र सुरक्षा चुनौतीको सम्बन्धमा विद्यार्थीहरुलाई प्रशिक्षण, जनताको सहभागितामा जनचेतनामूलक बृहत सरसफाई समेत गरिएको उनले सुनाए ।

यस्तै सवारी दुर्घटना कम गर्न उपाय खोजी गरि (जस्तै, सवारी चालकसँग एक मिनेट) प्रभावकारी कदम चालिएको उनको दाबी छ । २ करोड ९३ लाख २९ हजा राजस्व संकलन गरिएको छ ।आफ्नो कार्यकालको अवधीमा अबैध गाँजा र अफिम खेती नष्ट, अबैध प्रयोग गर्न लागिएको काठ नियन्त्रण, जाली नोट नियन्त्रण गरिएको उनले बताए । उनले अहिले प्रविधिको विकाससँगै साईबर अपराध नियन्त्रणमा चुनौति देखिएको उल्लेख गरेका छन् ।

‘विभिन्न खालका प्रयोग भईरहेका छन् उनले भने,‘साईबर अपराधमा अहिले त विभिन्न समुह नै सक्रिय छन्, सरकारसँगै त्यसको एक्सिस छैन, अब हामीले कसरी नियन्त्रण गर्ने ? तर पनि भएका श्रोत साधनको अधिकतम प्रयोग गरिएको छ ।’ ‘चितवन लागु औषध ओसार प्रसारको ट्रान्जिट प्वाईन्ट मानिन्छ, तर पनि त्यसलाई कम गर्न हामी सफल भयौं ।’ उनले भने,‘जसका कारण १६८ जना पक्राउ परेका थिए भने १०६ जनाविरुद्ध कसुर दर्ता भयो ।’

बाल प्रेम विवाह, मदिरा सेवन, बैदेशिक रोजगारी, र विश्वासको संकटका कारण पछिल्लो समय आत्महत्या र हत्या, घरेलु हिंसा बढेको एसपी नवराज अधिकारीले बताए ।सो अवधीमा प्रहरीमा १४४८ उजुरी दर्ता भएकामा ६७ महिला र १०४० पुरुष गरि ११०७ जना पक्राउ परेका छन्, भने १,३३,८९,३६७ जरिवाना असुल भएको उल्लेख छ । भन्सार चोरी, निकासी, तस्करी र राजश्व छलीमा १३ जना र हातहतियार तथा खरखजाना सम्बन्धी मुद्धामा ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । अवैध वन पैदावरमा ३ जना पक्राउ गरेर ४२,७५००० जरिवाना असुल भएको उनको उपलब्धिमा समावेश छ ।

बैकिंङ्ग कसुरमा धेरै उजुरी आउने गरेको बताएका उनले उजुरी विनै समाधान भएको समेत बताए । एसपी अधिकारी केन्द्रीय अनुसन्धान ब्यूरो पिलर ८ काठमाडौँ सरूवा भएका हुन् । अधिकारीको स्थानमा नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवलमा कार्यरत रामेश्वर कार्की आउने छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds