2024-04-26

Close

वीरगंज ,साउन ६ । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले हिन्दु धर्ममाथी अघात पुग्ने अभिव्यक्ति दिएको भन्दै उनकै पार्टीका युवाहरुले राजिनामा दिएका छ । पार्टी निकट समाजवादी विद्यार्थी युनियन पर्साका बरिष्ठ उपाध्यक्ष कृष्ण चौरसियासहित ११ जनाले राजिनामा दिएका हुन ।

उनीसंगै जिल्ला सचिव राजु राज गिरी, कोषाध्यक्ष सुशिल यादव, सदस्यहरु सन्दीप चौहान, अंकुश मण्डल, प्रित्तम उपाध्याय, रवि गुप्ता, ओमहरी यादव, राजकुमार साह, भुवन गिरी, दिलखुश देवानले राजिनामा दिएका हुन् । युवाहरुले डा. भट्टराईको अभिव्यक्तीको घोर भत्र्सना गर्दै खेद समेत प्रकट गरेका छन । ।उनीहरुले आफुहरु आवद्ध रहेको संगठन निकट पार्टी कै संघिय परिषद अध्यक्ष डा. भट्टाराईले आफ्नो टुईटर मार्फत हिन्दु धर्ममाथी अघात पुग्ने गरी दिएको अभिव्यक्तिले कडा बिरोध समेत गरेका छन । यस अघि पनि भट्टराईले बारम्बार हिन्दु धर्ममाथी अघात पुग्ने र हिन्दु समुदायलाई अपमानित हुने गरी अभिव्यक्ति दिदै आएकोले हाम्रो धर्म र संस्कृृति माथी आँच पुग्ने हुँदा हामी उहाँ अध्यक्ष रहेको पार्टी निकट विद्यार्थी संगठनका पदाधिकारीहरुले सामुहिक रुपमा राजिनामा दिन बाध्य भएको चौरसियाले वताए ।

यसका साथै पार्टीको विद्यान विपरित एकतर्फी रुपमा संघिय परिषद अध्यक्ष डा. भट्टाराई र पार्टी अध्यक्ष उपेन्द्र यादवले विभिन्न प्रलोभनमा परी मधेश आन्दोलनका मुद्दा समेत छोडेको निष्कर्ष निकाल्दै आफुहरु पार्टीमा रहीरहनु को कुनै औचित्य नरहेको ठहर गर्दै राजिनामा दिएको जिल्ला सचिव राजु राज गिरीले वताए ।

समाजवादी विद्यार्थी युनियन पर्साका अध्यक्षलाई बुझाउने राजिनामा जनता समाजवादी पार्टी पर्सा, जनता समाजवादी पार्टी नेपाल केन्द्रिय कार्यालय काठमाण्डौ, समाजवादी विद्यार्थी युनियन केन्द्रिय कार्यालय काठमाण्डौ र समाजवादी विद्यार्थी युनियन, प्रदेश नं. २ जनकपुरलाई समेत वोद्धार्थ गरिएको सुर्यादैनिकमा खबर छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds