2024-05-04

Close

जनकपुरधाम । नेपाल रेल कम्पनी लिमिटेडले कुर्था-जनकपुरधाम-जयनगर रुटमा चल्ने रेलको नयाँ समय तालिका सार्वजनिक गरेको छ ।

२०७८ चैत २० गतेबाट सञ्चालनमा आएको रेलले दैनिक दुई पटक आवत जावत गर्दथ्यो । तर रेल कम्पनीले जारी गरेको सूचना अनुसार बैशाख १ बाट कुर्था-जनकपुरधाम-जयनगर रुटमा रेल दैनिक चार पटक आवत जावत गर्छ ।

नेपाल रेल कम्पनीका प्रबन्ध सञ्चालक निरञ्चन झाद्वारा हस्ताक्षरित सूचनामा बिहान ७ः१५ बजे कुर्थाबाट छुटेर रेल बिहान ९ः१५ बजे जयनगर पुग्ने छ । जयनगरबाट बिहान ९ः३० बजे छुटेर बिहान ११ः३० बजे कुर्था फर्किनेछ ।

त्यस्तै कुर्थाबाट फेरि मध्यान्ह २ः४५ बजे छुटेर ४ः४५ मा जनयनगर पुग्छ भने जयनगरबाट साँझ ५ बजे छुटेर साँझ ७ बजे कुर्था फर्किनेछ ।

कुर्थादेखि जनकपुरधाम जयनगरसम्मको ३५ किलोमिटरमा यात्रीसहित दिनको चारपटक रेल चल्ने भएको उनले बताए । रेलको भाडा दर यस अघि नै निर्धारण भइसकेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds