रौतहट भदौ ४ । गएराती प्रदेश नं २ को रौतहटमा हनुमान मन्दिरका पूजारीलाई गोली हानी हत्या गरेपछि अहिले प्रदेश प्रहरीको तालिम प्राप्त टोली घटनास्थल पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गएरात ९ः१५ बजेको समयमा भोजन गरिरहेको बेला मन्दिरका पुजारी श्रीराम साहलाई कनचटमा गोली हानी हत्या गरेपछि घटनाको सुक्ष्म अनुसन्धानको लागि प्रहरीको प्रशिक्षित डग टोली आईपुगेका हुन् ।
रौतहटको माधवनारायण नगरपालिका वडा नं। २ खेसरहिया स्थित हनुमान मन्दिरको पुजारी साहलाई अज्ञात व्यक्तिले गोली हानेर गएराती नै हत्या गरेका हुन् । अहिलेसम्म हत्याराको कुनै सुराक लाग्न नसकेको रौतहट प्रहरीले जनाएको छ ।
प्रहरीको डग टोलीले सुक्ष्म रुपमा अनुसन्धानको लागि सघाउने तथा अभियुक्त सम्म पुरयाउने कार्यमा मदत गर्ने जनाइएको छ । प्रशिक्षित कुकुर सुँघेर अभियुक्त सम्म पुरयाउन मदत गर्छन् । अहिले केही बेरमा पूजारीको शवलाई पोष्टमार्टमको लागि अस्पताल लैजाने तैयारी भईरहेको डिएसपि भरत श्रेष्ठले बताए ।