भारतीय नम्बरको ट्याक्टरमा लोड रहेका गहुँ नेपालमा भित्राउनको लागि गैर कानुनी रुपले नेपाली नम्बरको नक्कली प्लेट लगाई वीरगंज सम्म पुर्याउने गरेका छन।यी नाकाहरुबमाट भित्राएका ट्याक्टरहरु ओभर लोड गरि करि ३० किलोमिटर भित्र रहेका वीरगंज बजार सम्म पुर्याउन जादा बाटोमा रहेका प्रहरीलाई फेैला नपर्नेु शंकाको बिषय बनेको छ।
वीरगंज २३ शनिबार
पर्साका ग्रामीण भेगमा रहेका नाकाहरुबाट व्यापक रुपमा गहुँ ,शकर र भैसीको तस्करी बढेको छ।पर्साका शहरी भेगमा रहेका वीरगंज भन्सार , छपकैया , अलौनाकाहरुमा तस्करीमा कडाई भएपछि अहिले ग्रामीण भेगका नाकाहरुबाट व्यापक रुपमा तस्करी भईरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।
पर्साका ग्रामीण भेगमा रहेका बुढगाई नाका भेडिहर्वा नाका ,चरगाहा ,जयमंगलापुर ,धोरै नाकाबाट व्यापक रुपमा तस्करहरुले ट्याक्टरमा लोड गरि गहुँको तस्करी गर्दे आएका छन्।तस्करहरुले भारतको रक्सौल , सिसवा ,भेलाही सिक्टा बजारहरुमा रहेका गोदामबाट सस्तो मूल्यमा खरिद गरि भारतीय नम्बरको ट्याक्टरमा लोड गरि सिमानाका सम्म ल्याई नेपाली नम्बर बनाउनको लागि नक्कली नम्बर प्लेट झुन्डयाई सिमानाकामा रहेका स्थानिय प्रशासनहरुको सहयोगमा नेपाल भित्राउने गरेको नाम नछाप्रने सर्तम स्थानियले बताएका छन।स्थानीयहकरुको अनुसार सिमानाकामा रहेका बिओपी र प्रहरी चौकीहरुको मिलोमतोमा भारतीय नम्बरको ट्याक्टरहरुमा नेपाली नम्बरको नक्कली नम्बर प्लेट झुन्डयाई वीरगंज बजार सम्म लोड रहेको गहुँ पुर्याउने गरेका छन्।यस्ता नक्कली नम्बर प्लेट झुन्डायाएको ट्याक्टरले केही दुर्घटना भएमा को जिम्मेवार हुने यो कुरा प्रशनको बिषय रहेको बताएका छ।
स्रोतको अनुसार प्रति ट्याक्टरको ५ हजार देखि ८ हजार रुपैयाँ सम्म प्रहरी प्रशासनहरुले लिने गरेको बताए।
त्यसैगरि पर्साको प्रसौनी , सबैठवा र स्वर्णपुर नाकाबाट अहिले भैसी र रङ्गाको तस्करी फस्टाएको छ।
प्रसौनी र सबैठवा नाकाबाट ३ जनाको समुहले दिन्हु १सय देखि २ सय सम्म भैसी भारतबाट नेपाल भित्राउने गरेका छन्।
प्रसौनी र सबैठवा बिओपीहरुलाई १ गोटा भैसीको १५ सय दरले रकम बुझाई रातभरी भैसी भित्राउने गरेको एक व्यापारीले बताएका छन्।
यस्ता गतिविधि तर्फ सम्बन्धित निकायको ध्यान जान यति आवशयक देखिएको छ।