2024-05-15

Close

विनय आजाद
सिरहा । सीमामा हुने तस्करी र भन्सार चुहावट नियन्त्रण गर्न सुरक्षाकर्मीदेखि प्रशासनका कर्मचारी खटिएका हुन्छन् । तर, सिरहामा भने कर्मचारी तस्करी नियन्त्रण गर्न होइन बरु कमाउ धन्दामा लागेको देखिएको छ ।

राजस्व अनुसन्धान विभाग, इटहरीले असोज १३ देखि १६ गतेसम्म सिरहाका विभिन्न स्थानमा छापा मारेर ३ करोड रुपैयाँभन्दा बढीको तस्करीका मालसामान बरामद गरेको छ भने सशस्त्र प्रहरीका जिल्ला प्रमुखसहित २८ जनाको जिम्मेवारी खोसिएको छ।

गोलबजारकी समिमा खातुन भारतीय बजारबाट तरकारी ल्याएर जिल्लाका हटियाहरुमा बेच्ने समिमा सधैं जस्तै यसपटक पनि तरकारी लिएर आइन् । उनी आएको गाडीमा अन्य व्यापारीको पनि तरकारी थियो । गाडी जाँचका लागि रोकिएसँगै अन्य तीन व्यक्तिले भन्सारका कार्यालय सहयोगी शेख अब्दुललाई जनही एक सयका दरले घुस तिरे । तर, घुस नदिँदा समिमाको तरकारी शेखले नियन्त्रणमा लिए ।

खातुन भन्छिन्, ‘सामान धेरै भएपनि तीन सय रुपैया“ दिएपछि अरुलाई जान दियो । तर, मैले नदि“दा थोरै सामान भएपनि जान दिएन । पैसा लिएर जान दिन्छ । मैले पैसा नदि“दा त्यसै गाडीबाट मेरो सामान झारिदियो ।’

सिरहा नगरपालिका-१७ को सीमावर्ती गाउ खैरटोकाका नरेश पासवान शारीरिकरूपले अशक्त छन् । नरेशसँगै पत्नी मधु रिक्सामा सातामा दुई तीन दिन भारतबाट खाद्यान्न ल्याएर नेपालमा बेच्छन् । पासवान दम्पती पनि चार हजार जति नेपाली रुपैयाँको सामान लिएर भन्सार जाँचमा आइपुगे । उनीहरूलाई कि त महिनावारी मिलाऊ नभए राजस्व तिर भनेर सुरक्षाकर्मी र भन्सारका कर्मचारीले रोकिदिए ।

सोही ठाउँका तपेश्वर यादव पनि भारतबाट चामल ल्याएर बेच्छन् । साइकलमा दैनिक दुईदेखि चार बोरासम्म चामल ल्याएवापत भन्सार कर्मचारीलाई उनी प्रतिबोरा ५० रुपैयाँ घुस खुवाउँछन् । त्यहाँ खटिने सुरक्षाकर्मीले महिनावारी एक हजार घुस तिरेर लाइन मिलाउन दिएको चेतावनी नमान्दा उनलाई पनि प्रहरीले रोकिदिए ।

यी तीन पात्रले सिरहाका सबै नाकामा हुने गतिविधिको प्रतिनिधित्व गर्छन् । घुस दिए वा महिनावारीको लाइन मिलाए खुलेआम राजश्व छली गरी सामान भित्र्याउन पाइन्छ । त्यसो गर्न नमान्नेहरु मात्रै झमेलामा पर्छन् । प्रहरी प्रशासनको मिलेमतोमा ठेक्का नै लागेर निर्वाध अवैध तस्करी भइरहेको स्थानीयको आरोप छ ।

स्थानीयको आरोपलाई राजस्व अनुसन्धान विभाग, इटहरीले गत असोज १३ गतेदेखि १६ गतेसम्म छापा हानेर ३ करोड बढीको कपडालगायतका अवैध सामान बरामद गर्नुले पुष्टि गर्छ ।

घटनालगत्तै सिरहाका सशस्त्र प्रहरी प्रमुख, सशस्त्रको सीमा सुरक्षा गुल्म र ईलाका प्रहरी कार्यालय, माडरका प्रमुख, प्रहरी चौकी खिरौनाका प्रमुखसहित दुवै कार्यालयका २८ जना प्रहरीको जिम्मेवारी खोसेर अनुसन्धान भइरहेको छ । यस विषयमा प्रतिक्रिया लिन खोज्दा माडरका भन्सार प्रमुख रामराजप्रसाद चौरसिया कार्यकक्ष नै छाडेर हिँडे ।

सिरहाका सीडीओ राजेन्द्रदेव पाण्डेले भने विनाप्रमाण सेटिङमा तस्करी चलिरहेको मान्न नसकिने भन्दै प्रमाण भए कारबाही हुने प्रतिक्रिया दिए ।

प्रहरी प्रशासनकै मिलेमतोमा तस्करी भइरहेको छर्लंगै हुँदासमेत टालटुले जवाफ दिएर उम्किने भन्दा पनि राजश्व चुहावट नियन्त्रण गर्न सबै सरोकारवालाहरु इमान्दार हुन जरुरी छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds