धनुषा प्रहरीद्वारा दुईवटा चोरीको भैँसीसहित एक जना पक्राउ

जनकपुरधाम । धनुषा प्रहरीले दुईवटा चोरीको भैँसीसहित एक जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको मिथिला विहारी नगरपालिका ७ बस्ने ३७ वर्षीय बली मुखिया रहेका छन् ।

बिज्ञापन

गत २१ गते रातिको समयमा मिथिला विहारी ६ पथरा टोलका सुबलाल यादवको गोठबाट मुखियाले २ वटा भैँसी चोरी गरेका थिए ।

तारापट्टी टोलस्थित भित्री सडक खण्डमा भैँसीलाई पैदल हिँडाइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

मुखियालाई चोरीसम्बन्धी कसुर मुद्दामा धनुषा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।