2024-04-25

Close

न्याय पाएनौ भने शहिदनगरका हजारौं युवा आन्दोलनमा जान्छौंः नगर उपाध्यक्ष यादव

जनकपुरधाम भदौ २७ विपिन कुमार यादव । समाजवादी पार्टी धनुषाको शहिदनगर नगरपालिका नगर कार्यसमिति नगर उपाध्यक्ष मनोज कुमार यादव ,राम सुन्दर यादव ,जीवन रोहिताले प्रमुख जिल्ला अधिकारी संग एक ज्ञापनपत्र मार्फत न्यायीक समितिबाट न्याय नमिले हजारौं समाजवादी पार्टीको कार्यकर्ता आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

 

समाजवादी पार्टी शहिदनगरका तीन वटा नगर उपाध्यक्ष यादवको नेतृत्वमा गएको कार्यकर्ता हरुको टोलीले गत साउन २० गते शहिदनगर न.पा.वडा ८ मा भएको कुटपिट र लुटपिट उपर प्रहरी र नगर न्यायीक समितिले सुनियोजित तवरले प्रहार गरेको भन्दै कारवाहीको लागि धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप राज कणेललाई शुक्रबार ज्ञापन पत्र बुझाएको हो । धनुषाको चर्चित शहिदनगर नगरपालिकामा न्यायीक अर्ध न्यायीक निकाय कानुनको अक्षर्शय पालनगरि चलने निकाय हो । अहिले संसार भरी नै निति नियमलाई पालना गरि नागरिकको बिशेष हितलाई प्राथमिकता दिई सद्भाव ,सुझाव ,अनुसार नियम ,कानुन बनाइ नागरिकलाई न्याय दिलाउने कार्यको लागि हाम्रो देशमा तीन तहको सरकारको परिकल्पना गरि सोही अनुसार नियम ,कानुन बनाएर नागरिकलाई न्याय प्रदान गर्नकालागि स्थानीय निकायमा न्यायीक समितिको गठन गरिएको छ नगर उपाध्यक्ष यादवले बताए ।

तर नेपाल जस्तो देशमा अहिले प्राय: स्थानीय सरकारमा शासकवर्गले , सर्व सधारन जनतालाई न्याय दिन नसकी गुटबन्दीको कारण न्यायबाट विमुख गरि अन्याय भोग्न बाध्य बनाएको छ ।अन्यायको घेरामा उभ्याउने खोजेको शहिदनगर नगरपालिकाका न्यायीक समितिले सत्य तथ्य नबुझी आफ्नो पार्टीको कार्यकर्तालाई अँखा चिम्लेर बिश्वास गरि दोषी कार्यकर्तालाई बचाउन लागी परेको छ । तर बढ्दो राजनीति र प्रशासन वर्गको दोहरो चरित्रले सर्व सधारन जनताहरु न्याय नपाइ खिन्न भएका छौं । ज्ञापनपत्रमा उल्लेख गरेको छ।

धनुषा जिल्ला शहिदनगर नगरपालिकाको न्यायीक समितिले आफ्नो सम्पुर्ण नागरिकलाई सम्मान व्यबहार नगरी पार्टीको राजनीति गर्ने गरेको छ । त्यसको मारमा हामी नगर वासीहरु परेका छौ ।न्यायीक समितिको मुल उदेश्य नगर भित्रको जनतालाई सर्भ- शुल्भ काखा पाखा नगरी न्याय प्रदान गर्नु पर्छ भन्ने उदेश्य प्राप्तिकोलागी न्यायीक समितिको परिकल्पना गरि बिधानले स्थानीय सरकार संचालन ऐन २०७४ को मुल्य र मान्यता बिपरित संचालन भइ रहेको न्यायीक समितिको हामी नगरवासीहरु घोर भत्सर्ना गर्छौ ।

आफ्नो पार्टीको दोषी कार्यकर्तालाई बचाउन न्यायीक समितिका सदस्यहरु लागी परेकोले त्यस्तो न्यायीक समितीबाट सर्व सधारन नागरिकले न्यायको अपेक्षा गर्न सक्दैन । शहिदनगर नगरपालिका न्यायिक समितिले दोषीलाई बचाउन दोषीहरु संग निवेदन लिई झुठो मुद्दा  चलाइ समाजवादी पार्टीमा लागेका निर्दोष कार्यकर्ता माथि गर्न लागेको अन्यायको घोर भत्सर्ना गर्दै आउने दिनमा निर्दोष व्यक्ति माथी अन्याय नहोस् सबै न्याय पायोस नगर उपाध्यक्ष यादवले भने !

न्यायीक समितिले समाजवादी पार्टीमा लागेको सर्व सधारन जनतालाई पुनः यस्तै गरि दु:ख दिए भने हाम्रो कार्यकर्ताहरु चुप लागेर बस्ने छैनन् । समाजवादी पार्टी शहिदनगर नगरपालिका नगर कार्यसमितिको हजारौं कार्यकर्ता बाध्य भएर आन्दोलनमा जाने प्रतिबद्ध हुनेछन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds