2024-05-14

Close

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका ३ मा मदिराको नशामा आफैमा कुटाकुट गर्ने पाँच भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

भारत विहारको सितामढी जिल्लाका २५ वर्षीय सोनु कुमार, सोही ठाउँका ३१ वर्षीय सुरज राय, २२ वर्षीय महेश कुमार सिंह, उमेर नखुलेका हिमांशु शेखर र प्रभाकर नामका युवक पक्राउ परेका हुन् ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले मदिरा खाएर आफैँमा कुटाकुट गरेपछि उनीहरूलाई नियन्त्रणमा लिएको बताए ।

उनका अनुसार दुई जना घाइते पनि छन् । बढी चोट लागेका प्रभाकरको उपचार प्रहरी निगरानीमा जनकपुरकै चन्द्रकला अस्पतालमा भइरहेको छ ।

‘पाँचै जना भारतीय नम्बर प्लेटकै चारपाङ्ग्रे गाडीमा थिए’, डिएसपी अवाले भने, ‘जलेश्वरतर्फ जाने क्रममा झगडा गरेछन् । स्थानीयले जानकारी गराएपछि जिरोमाइलबाट प्रहरी पुगेर उनीहरूलाई गाडीसहित नियन्त्रणमा लियो ।’

सामाजिक सञ्जालमा केहि व्यक्तिले पक्राउ परेका भारतीयहरूलाई अपहरणकारी भनेका छन् । यसबारे डिएसपी अवाले भने, ‘अपहरणकारी होइन, मदिरा सेवन गरी कुटाकुट गरेको अहिले खुलेको छ । थप अनुसन्धान भइरहेको छ ।’

भारतको विहार राज्यमा मदिरा निषेध छ । त्यसैले विहारका मानिस नेपाली बजारमा आएर मदिरा सेवन गर्छन् । पछिल्लो समय यहाँ घटेका अधिकांश घटनामा भारतीय नागरिक र गाडी अपराधिक क्रियाकलापमा संलग्न रहने गरेको देखिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds