2024-05-06

Close

जनकपुरधाम । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विभिन्न व्यक्तिहरुको फेसबुक ह्याक गरी रकम ठगी गर्ने गिरोहलाई नियन्त्रणमा लिएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार पीडितहरुले दिएको उजुरीको आधारमा अनुसन्धान गर्दै जाँदा उक्त घटनामा संलग्न ५ जनाको गिरोहलाई काठमाडौंको बसपार्कस्थित रेसुंगा बुटवल गेष्ट हाउसबाट नियन्त्रणमा लिइएको हो ।

प्रहरीले नियन्त्रण लिएकाहरुमा बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. १७ रामनगर घर भई हाल काठमाडौं नयाँ बसपार्क बस्ने सिमान्त लामा, अमन्त लामा, अनुप श्रेष्ठ र रोहन तामाङ तथा कास्कीको पोखरा महानगरपालिका वडा नं. १० घर भई हाल काठमाडौं नयाँ बसपार्क नै बस्ने सुब्बु भन्ने शुभेक्षा गुरुङ रहेका छन् ।

प्रहरीका अनुसार सिमान्त विभिन्न फेसबुक ह्याक गर्थे । फेसबुक ह्याक भइसकेपछि विभिन्न बहाना बनाएर पैसा माग्ने काम भने अमन्तले गर्ने गरेका थिए । त्यस्तै अमन्तले मागेको पैसा बालेटबाट झिक्ने काम भने अनुप र शुभेक्षाले गर्ने र रोहनले सिमकार्ड उपलब्ध गराउने गरेको प्रहरी उपरीक्षक रेग्मीले बताए ।

प्रहरीका अनुसार अहिलेसम्म २२ जना पीडितहरु सम्पर्कमा आएका छन् । गिरोहले हालसम्म १४ लाख ५८ हजार रुपैयाँ ठगी गरेको विवरण भेटिएको कार्यालयले जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds