2024-05-14

Close

जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाको उप-प्रमुखमा एक घण्टाका लागि भुमिका निवाह गरेकी सो नगरपालिकाकी विद्यार्थी विभा कुमारी मुखियाले पालिका भित्र भईरहेको बालविवाह, शिक्षामा रहेको बेथिती, स्वास्थ्य कार्यालयमा औषधीको आभाव लगायतका विभिन्न विषयमा समस्या समाधान गर्न माग गरेकी छिन् । सो पालिकाकी उप-प्रमुख आशा देवी झाको स्थानमा बसेर पालिका भित्र उप-प्रमुखले गरिरहेको कामका विषयमा जानकारी लिएकी छिन् । अधिकृत सन्जिब कुमार साहले उप-प्रमुखले गर्नुपर्ने कामहरुका बारेमा जानकारी गराउनु भएको थियो । साँकेतिक रुपमा उप-प्रमुख बनेकी मुखियाको जिज्ञासालाई उप-प्रमुख झाले सम्बोधन गर्नुभएको थियो । प्लान इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा आसमान नेपालद्वारा संचालित बालविवाह न्युनिकरण परियोजना अन्तरगत आसमान नेपाल र सामुदायिक परिवार कल्याण संघको संयुक्त आयोजनामा संचालित गर्लस् टेकअभर कार्यक्रम अन्तरगत विदेह नगरपालिकाका उप-प्रमुखको रुपमा प्लान परिवारका सदस्य तथा परिवर्तनका सम्बाहक सीओसीका विद्यार्थी मुखियाले सो भुमिका निर्वाह गरेकी छिन् । सो अवसरमा बोल्दै साम्दायिक परिवार कल्याण संघका कार्यकारी निर्देशक लक्षमेश्वर मंडलले अन्तराष्ट्रिय बालिका दिवसमा अवसरमा प्लानले युवा महिला किशोरीहरुलाई नेतृत्व गर्न सक्षम बनाउने उद्देश्यका साथ विभिन्न निर्णायक पदमा रहेका व्यक्तिको पदमा साँकेतिक रुपमा किशोरीलाई टेकअभर गराई अनुभव गरी सिक्न मौका दिएको बताउनु भयो ।

हरेक वर्ष ११ अक्टोबरमा ‘अन्तर्राष्ट्रिय बालिका दिवस’ मनाउने गरिएको छ । प्लान इन्टरनेशनलको द्यभअबगकभ क्ष् बm ब नष्च िअभियानको पैरवीका कारण सन् २०११ मा संयुक्त राष्ट्र संघले हरेक वर्ष अक्टोबर ११ लाई बालिका दिवस घोषणा गरेसँगै अन्तर्राष्ट्रिय बालिका दिवस सन् २०१२ देखि संसारभर मनाउन थालिएको हो । बालिका दिवस सुरु भएको एक दशक पुरा भएको सन्दर्भमा यस वर्ष अझ विशेष बनेको छ । समाजमा जकडिएको लैंगिक विभेदका कारण बालकको तुलनामा बालिका तथा किशोरीहरू बढी विभेद, हिंसा, दुव्र्यवहारको जोखिममा हुने भएकोले यो दिवसको परिकल्पना गरिएको हो । यस वर्षको बालिका दिवसको नारा बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी रहेको छ ।

बाल अधिकार त्यसमा पनि विशेषतः बालिकाहरूलाई केन्द्रमा राखी कार्यरत संस्था प्लान इन्टरनेशनलले बालिका दिवसको अवसरमा विश्वभर नै ‘गर्ल्स टेक ओभर’ अर्थात ‘बालिका तथा किशोरीलाई पद हस्तान्तरण’ कार्यक्रम आयोजना गर्दै आएको छ । यो किशोरी सशक्तिकरणको एक नियमित अभियान हो । नेपालमा बालिका केन्द्रित विभिन्न नागरिक समाजहरूसँगको हातेमालोमा विगत झैं यस वर्ष पनि संघीय र जिल्लास्तरमा गल्र्स टेक अभर अभियानलाई निरन्तरता दिने भएको छ । गल्र्स टेक ओभर देशभरका ७ जिल्लामा ५० जना किशोरीहरूले विभिन्न संस्थाहरूमा ५० भन्दा बढी पदको नेतृत्व लिइएको छ । जिल्ला, प्रदेश, संघीयस्तरमा हुने प्रत्येक पदभार ग्रहणको समयमा किशोरीबाट पदीय जिमेवारीमा रहि किशोरीमाथि लगानी, समावेशितामा आधारित किशोरी लक्षित कार्यक्रम र किशोरी तथा युवा महिलाको शक्ति र नेतृत्वको बारेमा संस्थाको प्रतिबद्धता रहने र हुनुपर्ने कुरामा छलफल गरिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds