2024-04-16

Close

सिराहा : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रचण्ड-माधव समूहमाथि हिंसात्मक आन्दोलन गर्न खोजेको आरोप लगाएका छन् ।

प्रचण्डले अब शाकाहारी आन्दोलन गरेर काम छैन भनेको भन्दै उनले भने, ‘भन्नुको मतलब मांसाहारी । मंसाहारी भन्नुको चिकेन चिल्ली खान खोजेको पक्कै होइन होला । उहाँले त आदमखोर आन्दोलन गर्न खोज्नुभएको हो । मान्छे मार्ने आन्दोलन गर्न खोज्नुभएको हो ।’

‘म उहाँलाई भन्न चाहन्छु अबको नेपालमा त्यस्तो आन्दोलन सम्भव छैन । कुनै धृष्टता नगर्नुहोला । हिजोको जमाना अब होइन ।’

स्व. हेमनारायण यादवको १७ औं स्मृति सभाको अवसरमा सिराहा सदरमुकाममा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘हिजो केपी ओली प्रधानमन्त्री थिएनन् । झुक्याउन सफल हुनुभयो होला । धेरै युवालाई सुन्दर सपना देखाएर लडाइँको मैदानमा सफल हुनुभएको होला । तर अब कोही अलमलिनेवाला छैनन् ।’

प्रचण्डले ४ माघमा आफू निकट विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दै शाकाहारी आन्दोलनले मात्र पुग्ने देखिँदैन, आक्रामक हुनुपर्‍यो’ भनेका थिए । त्यसको आलोचना भएपछि उनले आफ्नो आशय हिंसात्मक आन्दोलन नभएको बताएका थिए ।

नेकपा ओली समूहका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले संसद पुनर्स्थापना नहुने दाबी गरे । ‘संसद बिघटनलाई असंवैधानिक रहेको तर्क वितर्क गरिरहका छन्,’ उनले भने, ‘संसद विघटन संवैधानिकै छ ।’

नयाँ जनादेशबाट सरकार बन्नुपर्ने भन्दै उनले प्रदेश २ मा पहिलो चरणमै निर्वाचन हुने समेत बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds