2024-03-29

Close

साउथ फिल्मका अभिनेता पुनित कुमारको २९ अक्टोबर हृदयघातका कारण निधन भयो । ४६ वर्षमा निधन भएका पुनित कुमारले नेत्रदान गर्ने संकल्प गरेका थिए । सोही कारण निधनपछि उनको आँखा दान गरिएको छ । आँखा दान गर्ने बलिउड कलाकारहरु यी त उदाहरण मात्र हुन् । बलिउडका कयौं कलाकार छन्, जसले आफ्नो मृत्युपछि आँखा लगायतका अंग दान गर्ने संकल्प लिएका छन् ।

ऐश्‍वर्या राय बच्चन
सुन्दर आँखाको कारण करोडौं मानिसको ढुकढुकी बन्न सफल अभिनेत्री ऐश्‍वर्या राय बचनले पनि आफ्नो आँखा दान गर्ने निर्णय गरेकी छन् । ऐश्‍वर्या अरुलाई पनि आँखा दान गर्न प्रेरित गर्दै आएकी छन् ।

ऋतिक रोशन
सन् २०१७ को फिल्म ‘काबिल’ मा ऋतिक रोशन र यात्री गौतमले नेत्रहिन ब्यक्तिको भूमिका निर्वाह गरेका थिए ।
यसबाट प्रेरित भएर ऋतिकले त्यही वर्ष आफ्नो जन्मदिनको अवसरमा आँखा दान गर्ने निर्णय लिएका थिए ।

आमिर खान
सामाजिक कामका कारणले सँधै चर्चामा रहने अभिनेता आमिर खानले ‘शिप अफ थिसेस’ फिल्मबाट प्रेरित भएर आँखा र अंग दान गर्ने निर्णय लिएका थिए । उनले आँखाको अलवा सबै उपयोगी अंग समेत दान गरेका छन् । उनको साथ उनकी पूर्व पत्नी किरण रावले पनि अंग दानको संकल्प गरेकी थिइन् ।

अमिताभ बच्चन
बलिउडका महानायक अमिताभ बच्चन पनि आफु मरेपछि आफ्नो आँखा अरुका लागि काम लागोस् भन्ने सोच्दछन् । उनले २०२० मा ७७ वर्षको उमेरमा अंगदान गर्ने निवेदन दिएका थिए ।

जुही चावल
एक समयकी चर्चित अभिनेत्री जुही चावलाले पनि आँखा दान गरेकी छन् । उनी एकपटक मोतिबिन्दूको क्याम्पमा पुगेकी थिइन् । त्यहाँ उनले आँखाको समस्या थाहा पाएपछि दान गर्ने संकल्प गरेकी थिइन् ।

हेमा मालिनी
बलिउडकी ड्रिम गर्ल हेमा मालिनीले २००७ मा आँखा दान गर्ने निर्णय गरेकी हुन् ।

कपिल शर्मा
कमेडी किङ्ग कपिल शर्माले २०१७ मा नेत्रदानको संकल्प गरेका थिए । यो समय कपिलको शोमा राष्ट्रिय दृष्टिविहीन क्रिकेट टिम सहभागी थियो । उनीहरुबाट प्रेरित भएर कपिलले आँखा दान गरेका हुन् ।

सोनाक्षी सिन्हा
नयाँ पुस्ताकी अभिनेत्री सोनाक्षी सिंहाले पनि आँखा दान गर्ने निर्णय लिएकी छन् । २०१८ मा आफ्नो फिल्मको प्रचारका लागि इन्डियन आइडल सेटमा सहभागी उनले आँखा दानको घोषणा गर्दै दानको लागि सबैलाई अफिल समेत गरेकी थिइन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds