2024-05-04

Close

जनकपुरधाम । जनकपुर प्रादेशिक अस्पतालमा एक महिलाको शल्यक्रिया गर्दा गर्दै मृत्यू भएपछि डाक्टर भागेको आरोप परिवारजनले लगाएका छन् ।

शनिबार दिउँसो अप्रेशन थिएटरमा लगिएकी महोत्तरीको मटिहानी बस्ने हासिम राईनकी श्रीमति तजाबुल खातुनको अप्रेशनकै क्रममा मृत्यू भएपछि अस्पतालको अवस्था तनावग्रस्त बनेको हो ।

शुक्रबार साँझ सुत्केरी व्यथा लागेपछि प्रादेशिक अस्पताल भर्ना गरिएकी खातुनलाई अप्रेशनको क्रममा मृत्यू भएको परिवारजनले आरोप लगाएका छन् । बच्चा भने सुरक्षित रहेको जनाईएको छ ।

यता जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरकै एक हस्पिटलमा भर्ना गरी खातुनलाई बाहिर रिफर गरेकोमा प्रादेशिक अस्पतालमा भर्ना गर्न पुगेको प्रारम्भिक जानकारी दिए । प्रवक्ताका अनुसार, कुन हस्पिटलमा सुरुमा भर्ना गरिएको र कस्तो अवस्थामा प्रादेशिक अस्पतालमा ल्याईएको बारे छानबिन सुरु गरेको बताएको हो ।

परिवारजनका अनुसार, जनकपुरको वैदेही हस्पिटलमा सुरुमा भर्ना गरिएकोमा अवस्था नाजुक हुन थालेपछि प्रादेशिक अस्पताल रिफर गरिएको बताईएको छ ।

अहिले प्रादेशिक अस्पतालमा परिवारजन र कुरुवाहरु आन्दोलित भएपछि हस्पिटलको अवस्था तनावग्रस्त बनेको हो । अस्पतालमा मोटो सँख्यामा प्रहरी खटाईएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

परिवारजनले भने डाक्टरकै लापरवाहीले मृत्यू भएको दाबी गरिरहेका छन् । अप्रेशन कुन डाक्टरले गरेको बारे जानकारी नभएको प्रतिक्रिया परिवारजनले दिएको हो । अस्पतालको पूर्जामा डाक्टरको नाममा ८–८ लेखिएको छ ।

परिवारजनका अनुसार, सुत्केरीको मृत्यू भएपछि डाक्टर अप्रेशन थिएटरमै मृतकलाई छाडेर चोरीलुकी भागेको बताएका छन् । यस सन्दर्भमा मेसुलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेनन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds