जनताको सुरक्षाको निम्ती सरकारले गरेको लकडाउनबाट भने विभिन्न स्थानमा रहेका नेपालीहरु प्रभावित बनेका छन् । यही लकडाउनले भने कतीपय नेपाली जनता सिमामा फसेका छन् भने कतीपय अन्य ठाउँहरुमा ।
लकडाउन भएसंगै प्रदेश नम्बर एकको राजधानी रहेको विराटनगरमा पनी विभिन्न स्थानबाट आएका जनताहरु अलपत्र परेका छन् । विभिन्न कामले राजधानी आएकाहरु अचानक लकडाउन हुदा अलपत्र परेका हुन।
लकडाउनमा फसेर आफनो घर जान नपाउँदा जनताहरुलाई खानबस्न सकेत समस्या भइरहेको कुरा बाहिरिन थालेको छ । यस्तो वेला मा
समाजवादी पार्टी नेपालका युवा नेता तथा समाजसेवी राकेश रोशन यादव अलपत्र परेकाहरुलाई मद्दत गर्ने अगाडि आएका छन् । नेता यादवले आफनो फेसबुकमा स्टाटस लेख्दै अलपत्र परेकाहरुलाई निःशुल्क बासको व्यवस्था मिलाउने बताएका छन् । उनले लकडाउनको कारणले बिराटनगर वा आसपासको क्षेत्रमा, बाँस बेगर अलपत्र पर्नु भएको छ भने हामी तपाईलाई निशुल्क बासस्थान उपलब्ध गराउछौं भनेर सार्वजनिक रुमपै लेखेका छन् । उनले सञ्चालन गर्दै आएका हाम्रो नेपाल होस्टलमा अलपत्र सबैलाई राख्ने व्यवस्था मिलाएको जानकारी दिए ।
नेता यादव विगत लामो समय देखी नेपाली राजनितीमा संघर्ष गर्दै आएका र राजनितीलाई बुझेका व्यक्ती हुन । राजनिती संगै समाजसेवामा सकृय रहेको यादवले विभिन्न समयमा दिनदुखीहरुलाई सहयोग गर्दै आएका छन् । विगत लामो समय देखि विराटनगर बस्दै आएका यादव राजनिती संगै स्कुल र होस्टल सञ्चालन गर्दै आएका हुन । निस्वार्थ भावनाबाट माथि उठेर काम गर्दै आएका यादव विराटनगरको युवाहरुको लागि लोकप्रिय पात्रको रुपमा रहेका छन् ।