जनकपुरधाम । फाल्गुन २७ गते हुन गइरहेको नेपाल इन्जिनियरस एसोसिएसनको ३३औं केन्द्रिय कार्यकारिणि समितिको निर्वाचनमा एकीकृत प्रगतिशील इन्जिनियर समूह भारी मतले जित्ने दाबा गर्छन् एकीकृत प्रगतिशील इन्जिनियर समूहको गठबन्धनमा रहेको समाजवादी इन्जिनियरिंग एसोसिएसनका मधेश प्रदेश संयोजक ई. रोशन यादव केन्द्रमा ई .डा.हरेराम पराजुली र मधेस प्रदेश मा ई .राजेश यादव ले नेतृत्व गरेको एकीकृत प्रगतिशील इन्जिनियर समूह बाट प्रादेशिक केन्द्रीय सदस्य पदका उम्मेदवार ई. संजय यादव ले हामी मतदाता हरु को माझ मा गई उनीहरुको बिचार र हाम्रो पेनल तर्फ मतदाता को झुकाब का आधार मा हामी यस चुनाव मा भारी मतले जितिरहेको दाबा गर्नुहुन्छ ।
हामी आफ्ना घोषणापत्र लिएर मतदाता को माझमा गई उनको बिश्वास जित्न सफल भएका छौं र त्यसको परिणाम स्वरुप हामी केन्द्र सहित मधेस प्रदेश मा भारी मत ले जिति रहेको मधेश प्रदेश संयोजक ई. रोशन यादव ले हामीसंग कुरा गर्दा बताएका छ्न।
हाम्रो पक्ष को सबै उमेदवारको बिश्वसनियता र इमानदारीता का कारण हामी सबै भन्दा अगाडि रहेको संयोजक यादव ले बताएकाछ्न यादवका अनुसार यस चुनाव मा हामी आफ्नो तर्फबाट पूरा मेहनत गरिरहेको छौं र मतदाता का बिश्वास का कारण यस चुनावमा हामी केन्द्र र मधेस प्रदेश प्यानल सहित जितिरहेको दाबा गरेका छन ।
नेपाल इन्जिनियरस एसोसिएसनको ३३औं केन्द्रिय कार्यकारिणि समिति को निर्वाचन मा एकीकृत प्रगतिशील इन्जिनियर समूह जितिरहेको ले अन्य कुनै भ्रममा नपरि यस प्यानल मा निर्भीक रूपमा मत दिन ई रोशन यादव ले सबै मतदाता संग आग्रह समेत गरेका छन ।
एकीकृत प्रगतिशील ईन्जिनियर समूह बाट मधेस प्रदेश को सभापति मा ई राजेश यादव ,केन्द्रिय सदस्य मा ई संजय कुमार यादव ,उपसभापति मा ई कार्तिकेश झा ,सचिब मा ई रामनारायण यादव ,सह सचिव मा ई राजिब साह,कोषाध्यक्ष मा अन्जु कुमारी यादव ,तथा सदस्य मा क्रमश ई रबि कुमार पटेल ,ई दयानन्द साह ,ई बिशाल कुमार झा,ई सोनाली ठाकुर ,ई जितेन्द्र कुमार यादव ,ई प्रबिन कुमार यादब ,ई कुन्दन कुमार ठाकुर,ई अमित कुमार यादव ,ई प्रदिप कुमार यादव र ई रोशनी कुमारी झा उमेदवार रहेका छन ।